Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ


काठमाडौँ। नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् । अगामी आर्थिक वर्षको बजेटलाई आम नागरिकले समेतत सकारात्मक रुपमा लिएको उनको टिप्पणी छ । बजेट छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर कार्यान्वयन नहुने विगतको समस्यालाई बजेटले हल गर्ने सांसद भट्टराईको भनाइ छ ।

उनले भने, ‘नेपाली जनताले यो बजेटलाई सकारात्मक रुपमै लिएका छन् । यो बजेट कार्यान्वयन हुनेगरी आएको छ । अहिलेसम्मका बजेटहरु छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर त्यो कार्यान्वयन नहुने जुन अवस्था थियो अहिले त्यस्तो छैन । शिक्षाको क्षेत्रमा व्यापक सुधारको कार्यक्रम अगाडि सारिएका छन् । विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने नीति सरकारले लिएको छ । बजेटले नेपालको मेडिकल क्षेत्रमा विदेशी विद्यार्थीहरु आकर्षित हुने अवस्था छ ।’

विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने सरकारको योजना स्वागतयोग्य रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?