Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

बजेटबारे एमाले सांसद भट्टराईः सकारात्मक र कार्यान्वयनयोग्य छ


काठमाडौँ। नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् । अगामी आर्थिक वर्षको बजेटलाई आम नागरिकले समेतत सकारात्मक रुपमा लिएको उनको टिप्पणी छ । बजेट छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर कार्यान्वयन नहुने विगतको समस्यालाई बजेटले हल गर्ने सांसद भट्टराईको भनाइ छ ।

उनले भने, ‘नेपाली जनताले यो बजेटलाई सकारात्मक रुपमै लिएका छन् । यो बजेट कार्यान्वयन हुनेगरी आएको छ । अहिलेसम्मका बजेटहरु छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर त्यो कार्यान्वयन नहुने जुन अवस्था थियो अहिले त्यस्तो छैन । शिक्षाको क्षेत्रमा व्यापक सुधारको कार्यक्रम अगाडि सारिएका छन् । विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने नीति सरकारले लिएको छ । बजेटले नेपालको मेडिकल क्षेत्रमा विदेशी विद्यार्थीहरु आकर्षित हुने अवस्था छ ।’

विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने सरकारको योजना स्वागतयोग्य रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?