Trending
>>   मेरो नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य >>   अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त >>   हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छः वनमन्त्री ठकुरी >>   संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित >>   फरक विचार राखेकै आधारमा दमन गर्ने भए सरकारले औपचारिक रूपमा भनिदेओस्, हामी विद्रोहमा जान्छौंः अध्यक्ष… >>   हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली >>   हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यकः राष्ट्रपति पौडेल >>   बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना >>   आज मिति २०८२ साल जेठ ०२ गते शुक्रबार ,हेर्नूहोस् आजको राशिफल >>   काशी सुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवी मन्दिर दर्शन
Logo
३ जेष्ठ २०८२, शुक्रबार
३ जेष्ठ २०८२, शुक्रबार

सरकार शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्न अग्रसर बनोस्ः सांसद बडू


काठमाडौँ। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आईतवार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गरेका छ्न् । उनले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिंदै दमन गर्नेतर्फ नभई सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अग्रसर बन्न सरकारलाई सुझाव दिएका छन् । उनले प्रश्तावित विद्यालय शिक्षा विधेयक अविलम्व संसद्मा प्रश्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, “२७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा हिजो १४ गतेका दिन अकस्मात दुवैतर्फबाट बल प्रयोगको अवस्था सिर्जना हुनु दुःखद् छ । लज्जास्पद पनि छ । उपचाररत सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको काम गर्न चाहन्छु । जन निर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्न जरुरी छ । यसरी सरकार दमन गर्नतर्फ होइन, सकारात्मक सोचका साथ शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्नेतर्फ अविलम्व अग्रसर बनोस् । प्रश्तावित विद्यालय शिक्षा विधेयक अभिलम्ब संसद्मा प्रस्तुत गर्न र समस्या समाधानमा अहिलेसम्मको प्रगतिको अवस्था छ ? संसद्मा जानकारी गराउनका लागि समेत म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

विद्यालय शिक्षक विधेयक जारी गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू २७ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनका क्रममा आईतवार प्रहरीसँग झडप हुँदा शिक्षकहरू घाइते भएका थिए ।


प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?