Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

मेरो नेतृत्वका कारण विद्युत आपूर्तिमा समस्या आएको होइनः हितेन्द्रदेव शाक्य


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् ।

संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारेका छन् । विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा शुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताएका छन् । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी गर्दै उनले समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नुपर्ने उनको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफु लागिपरेको उनको भनाई थियो । प्राविधिक समस्याले विद्युत आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफ़ुले जानेका सबै कुरा गर्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘पश्चिमको लाइन ट्रीप भएका कारणले करिव २ घण्टा विद्युत प्रशारण अवरोध भएको हो । करिब ८ बजेमात्र ढल्केबर–मजफरपुर प्रशारणलाईन नियमित भएसँगै विद्युत आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महत्वपूर्ण छ भन्नेकुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ । हामी भारतसँग निर्भर छौं भन्नु राम्रो त होइन तर यो तीन चार महिना उत्पादन नबढेसम्म हामी कमजोर हुँदा रहेछौं । भारतको बिजुली आएन भने यसले समस्या निम्त्याउँछ भन्ने देखाएको छ । हरेक पटक आउने समस्या समाधानका लागि ‘राइट म्यान, राइट प्लेस’ नै छ । तर, उत्पादनलगायतका पूर्वाधारमा जति लगानी भएको छ त्यसअनुसार काम हुनसकेको छैन । खिम्ति, बाह्रविसे र लफ्सेफेदी सञ्चालनमा आउन नसक्दा केही समस्या पक्कै छ । तरपनि अन्डरग्राउण्ड अपरेशन सञ्चालनमा आएसँगै काठमाडौंमा समस्या आउँदैन । किनकी काठमाडौैंमा हावाहुरी आयो काठमाडौंमा र तराईमा हावाहुरी आउँदा तराईमा समस्या आउने हो । हावाहुरी र पानीको समयमा सुख्खायाममा बसेका धुलोहरु पानीको समयमा सिफेज भएर ट्रिप हुने हुनाले पाँच सात दिन समस्या आउँछ । अन्य कारण केही छैन ।’

उनले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्नेगरी काम भइरहेको बताएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?