Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

फरक विचार राखेकै आधारमा दमन गर्ने भए सरकारले औपचारिक रूपमा भनिदेओस्, हामी विद्रोहमा जान्छौंः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाएका छन्  ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले फरक विचार बोकेकै आधारमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधरमाथि दमन गरिरहेको भन्दै आपत्ति जनाएका छन्  । उनले हिन्दु राष्ट्रको समर्थन, राजसंस्थाको पक्षधरता, संघीयताविरोधी विचार राख्ने नागरिकहरूलाई लक्षित गरेर सरकारले दमन गरिरहेको आरोप लगाएका छन्  । देशमा सुशासनको माग गर्नेहरूलाई प्रताडित गर्ने हो भने सरकारले खुलेर बिद्रोहमा जाउ भन्नुपर्ने उनको तर्क छ ।

उनले भने, ‘आस्थाकै आधारले यसरी एकपछि अर्को मानिसलाई अनेक बाहानामा पक्राउ गर्दै लाने हो भने सरकारले औपचारिक रुपमा भनिदियोस् । कि हामी बिद्रोहमा जाउँ । राप्रपाले र राजा मान्छु भन्नेहरुले, हिन्दु राष्ट्र मान्छु भन्नेहरुले, संघीयता मान्दिन प्रदेश खारेज हुनुपर्छ भन्नेहरुले, देशमा सुशासन कायम हुनुपर्छ भन्नेहरुले यसरी प्रताडित हुनुपर्ने हो भने सरकारले भनिदिनुपर्यो हामी बिद्रोहमा जान्छौं । बिद्रोहमा जाउ, जङ्गल पस भन्नुपर्यो ।’

उनले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाविरुद्धका क्रियाकलपा गरिरहेको भन्दै भत्र्सना गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका थुनामा रहेका नेता, कार्यकर्ताहरुलाई बिना सर्त रिहा गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?