Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना


काठमाडौँ। नेपाल राष्ट्र बैंककी का.मु. गभर्नर निलम ढुङ्गानाले नेपाली अर्थतन्त्र अहिलेको प्रमुख आवश्यकता उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु रहेको बताएकी छिन्

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ढुंगानाले यसका लागि बैंकिङ एवं बीमा क्षेत्रले एकआपसमा सहकार्य गर्दै उत्पादनशिल क्षेत्रमा लगानी अभिवृद्धि गर्दै जानुपर्ने बताउदै उनले लगानी र उद्यमशीलताको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य देखिएको बताएकी छिन् । उनकाअनुसार बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका धेरै प्रभावकारी हुने भएकाले नेपाली बीमा कम्पनीहरुमा डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरुको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरु अझ प्रभावकारी हुनेछ ।

उनले भनिन्,‘बीमा क्षेत्रको विकासमा प्रविधिको भुमिका अत्यन्तै प्रभावकारी हुन्छ । नेपाली बीमा कम्पनीले डिजिटल प्लेटफर्म, मोबाइल एप, आर्टिफिसल इन्टेलिजेन्स जस्ता प्रविधिहरु प्रयोगमा ल्याउनुपर्छ । सोको माध्यमबाट बीमा दाबी प्रक्रिया, प्रिमयम संकलन, ग्राहक सेवा तथा जोखिम मूल्यांकन जस्ता कार्यहरु अझ प्रभावकारी हुनेछ । जसबाट बीमा व्यवसायले प्रवाह गर्ने सेवालाई गुणस्तरीय, छिटो पारदर्शी, सुलभ एवंम विश्वासशिलो बनाउन सकिनेछ ।’

का.मु. गभर्नर ढुङ्गानाले नियमनकारी निकायको हैसियतले पनि बीमा प्राणिकरणले बीमा सम्बन्धि सुरक्षाका मामिलामा अझ बढी ध्यान दिनुपर्ने बताएकी छिन् । उनका अनुसार बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी समयमै मिलाउने व्यवस्था सुनिश्चित गर्नसक्नुपर्छ । त्यसो गर्नसके बीमाप्रति जनताको विश्वास बढेर जानेछ । जनताले दुर्घटना, प्रकृतिक विपत्जस्ता संकटको बेला समयमै दाबी भुक्तानी पाएमा सकारात्मक सन्देश प्रवाह हुनेछ र अरुलाई पनि बीमा गर्न प्रोत्साहन मिल्ने ढुङ्गानाको भनाई रहेको छ ।

नेपालमा बीमा व्यवसाय तथा यसले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन बीमा शिक्षा, बीमा व्यवसाय प्रवद्र्धन तथा बिमितको हकहितको संरक्षणसम्बन्धि कार्यमा थप जोड दिन जरुरी रहेको उनले बताइन्। ढुंगानाकाअनुसार बीमलाई हरेक आर्थिक क्रियाकलापको अभिन्न अंगका रुपमा अघि बढाउनुपर्ने अहिलेको आवश्यकता छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?