Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर छः वनमन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन् ।

शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरेका छन् । उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताउदै हमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभइ अनिवार्यताको विषय भएको बताएका छन् । उनले जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएको बताएका छन् । ढिलासुस्तिले विपत्तिलाई मात्र निम्तो दिने भन्दै वनमन्त्री ठकुरीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा उभिने समय भएको बताएका छन् ।

वनमन्त्री ठकुरीले भने, ‘आज हामीले हाम्रा हिमालहरूको हेरचाह कसरी गर्छौं भन्ने कुरामा मानवताको भविष्य निर्भर गर्दछ । हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली हो । अहिले यहाँ जे जति हिउँ पग्लन्छ त्यसले सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्दछ । हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय होइन । यो त पृथ्वीका लागि अनिवार्यता नै हो । यस निर्णायक घडीमा जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभएर हाम्रा लागि एक गहन नैतिक परीक्षा हो । विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्न अझै पनि सम्भव छ – तर सामूहिक, निर्णायक र द्रुत कार्यबाट मात्र । सगरमाथा संवाद केवल विचार विमर्शमात्र होइन । यसले कार्यलाई प्रज्वलित गर्नुपर्नेछ । समय बगिरहेको छ । ढिलासुस्तिले विपत्तिलाई मात्र निम्तो दिनेछ । हामीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा हामी उभिने बेला आएको छ । सगरमाथा र सबै हिमालहरूको रक्षा गरेर हामीले पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र होइन सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्नसक्छौं । सगरमाथाले हामीलाई यसको उचाइले मात्र नभई यसले प्रतिकात्मक रुपमा प्रश्तुत गर्ने भावनाले समेत प्रेरित गरोस् । एकसाथ रहेर हामी निर्णायक एवं समावेशी तवरले अविलम्व कार्य गरौं ।’

मन्त्री ठकुरीले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभइ सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?