Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सांसदहरुबीच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा रहे पनि विविधता भित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउदै संसदीय व्यवस्थाको सौन्दर्यले अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई नलैजाने जिकिर गरेका छन् । मन्त्री पन्तले संसद्मा चर्काचर्की बहस गर्ने र संसद बाहिर सँगै बसेर चिया खाने गरेको बताउँदै संसदको भित्रको चर्काचर्कीलाई कतिपयले नाटकको रूपमा लिने गरेको बताउदै संसद्मा देखिने नाटक नै हो भन्दै संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य गर्ने गरेको बताउँदै यो नै संसदीय प्रणाली तथा प्रक्रियाको विशेषता र सौन्दर्य रहेको जिकिर गरेका छन् ।

उनले भने, “हाम्रा मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा छन् । संसदीय व्यवस्थाको सौन्दर्य के हो भन्दा खेरी त्यसले अनेकताभित्र एकता खोज्छ । विविधता भित्र एकता खोज्छ । अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई लैजाँदैन । हाम्रो देख्छौँ नि त, हाम्रो क्यारेक्टर कस्तो भन्दा खेरी तिमिहरू नाटक गर्छौं कि क्या हो भनेर मेरो भतिजाले सोध्थ्यो । भित्र चर्काचर्की बहस गर्ने, बाहिर तिनीहरू नै बसेर चिया खाने, भित्रको त नाटक होला नि भन्थ्यो । मान्छेहरूलाई त्यो पनि पर्न सक्छ । कतिपय त्यसमा संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य पनि गरेर लेखेका छन्, फुल हाउसमा देखाउने यिनीहरूको नाटक हो भनेर । तर, संसदीय प्रणाली र प्रक्रियाको विशेषता पनि त्यही हो र सौन्दर्य पनि त्यहीँ हो ।”

उनले आफूहरू संसदीय विशेषता र सौन्दर्यताको गहिराइमा जानुपर्नेमा समेत जोड दिएका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?