Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित


काठमाडौँ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका बर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।

शुक्रवार सिंहदरबारमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका र्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पारित भएको हो । समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयक परिमार्जनसहित सर्वसम्मत पारित भएको बताएका छन् । उनले धेरै समय पछाडी उक्त महत्वपूर्ण विधेयक पारित पर्न सफल भएको जिकिर गर्दै विधेयक पारित गर्न महत्वपूर्ण सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।

उनले भने, “संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन परिमार्जनसहित सर्वसम्मत पारित भएको छ । सबैलाई धेरैधेरै धन्यवाद छ । यो धेरै महत्वपूर्ण विधेयक थियो हामीले धेरै समय पछी पारित गर्न सफल भएका छौं ।”

विधेयकमा कुलिङ पिरियड दुई वर्ष र निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पुर्याइएको छ । अर्को सूचना जारी नहुन्जेल समितिको बैठक स्थगित भएको छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?