Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

हामीसँग अहिले बन्दुक छैन, बन्दुक चलाएर अघि बढ्ने परिस्थिति पनि होइनः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरुसँगको लडाईं लड्नुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरुसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरुसँग लड्नुपर्ने बताएका छन् । उनले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताए । उनले चार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका बिरुद्ध लड्न आवश्यक रहेको बताए । उनले त्यसैले नै आफ्नो पार्टीले सूचना तथा प्रचार प्रसार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जिकिर गरेका छन् ।

अध्यक्ष दाहालले भने, ‘अहिले हामीसँग बन्दुक छैन । बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन । त्यसकारण हामीसँग अब प्रचार संयन्त्रमार्फत नै हामीले बुर्जुवाहरुसँग लडाईं लड्नुपर्छ । प्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावादसँग लड्नुछ । देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका बिरुद्ध लड्नुछ । त्यसैले यो क्षेत्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको छ । पार्टीको यो प्राथमिकतालाई ठिक ढंगले नै बुझ्नुभएको महशुस मैले गरेको छु ।’

अध्यक्ष दाहालले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट अगाढि बढेको बताएका छन्।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?