Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

जनमोर्चा अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ?


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरुको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष केसीले सत्तामा गएकाहरुले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाति खतरा बढेको बताएका छन् । उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरु मिलेर गर्नुपर्ने बताउंदै उनले सत्तामा बसेकाहरु नै भ्रष्टाचारमा लिप्त र व्यवस्थाविरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ ।

उनले भने, ‘सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नै नगरिदिने । ०४६ सालको कुरा भन्नुस्, २०६२÷०६३ सालको कुरा भन्नुस् । अहिले पनि हजारौं शिक्षकहरु सडकमा छन् । चारैतिरबाट जुन लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ यसमा हामी सबै मिलेर समाधान गर्ने हो । हामी आफूले भ्रष्टाचार गरेका छौं, लोकतन्त्र र गणतन्त्रविरोधी आचरण गरिराखेका छौं भने जनताई कसरी तपाईहरुले सम्झाउन सक्नुहुन्छ ? आफ्नो साथमा भएकाहरुले भ्रष्टाचार गरेपनि लुटेपनि केही नहुने त्यसभन्दा बाहिरकालाई कारबाही हुने कुरा त जनताले हेरिराखेको छ नि ।’

उनले अहिलेपनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको बताउंदै त्यही हो तपाईहरुले संघीयता ल्याएर स्विट्जल्याण्ड बनाएको नेपाल ? भन्दै प्रश्न समेत गरेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?