Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला


काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै उनले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाएका छन् । उनले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेगरी शिक्षा विधेयक ल्याउनुपर्ने बताउंदै विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गरेका छन् । उनले शिक्षकहरु चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाएका छन् ।

उनले भने, ‘यो बजेट अधिवेशन भएपनि धेरै विधेयकहरु यहाँ थुप्रिएका छन् । त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामति सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिने उद्देश्यले शिक्षकहरु आन्दोलनको मोर्चामा छन् । आज २४ दिन भइसक्यो । २४ दिनसम्म पनि सरकारले सुनिरहेको छैन । कानमा तेल हालेर बसिरहेको छ बहिरो जस्तै गरेर यो सरकारले यो आन्दोलनलाई तुहाउने प्रयत्न गरिरहेको छ । शिक्षकका आवाजहरु सुनिएको छैन । शिक्षकहरु तपाई हामी सबैका गुरुहरु अहिले पनि त्यो चर्को गर्मीमा अदकत्रामा टाँसिएर आन्दोलनमा छन् । म एक पटक यो सरकारको ध्यानाकर्षण गराउन चाहन्छु यो भविष्यका कर्णधार भाइबहिनीहरुको पढाइ अध्ययनलाई अलपत्र पार्ने गरी अन्योलग्रस्त पार्ने गरी यो आन्दोलनप्रति वेवास्ता गर्ने होइन । वार्ता गरेर छलफल गरेर यो समस्याको छिटोभन्दा छिटो समाधान गर्नुपर्छ । अहिले सबैभन्दा ठुलो मागको रुपमा अगाडि सारिएको यो माग नगरेपनि पुरा गर्नुपर्ने हो विद्यालय शिक्षा विधेयक अहिले यहाँ छलफलमा छ, त्यो छिटो पारित हुनुप¥यो । पारित पनि अग्रगामी एजेण्डासहित, विषय वस्तुसहित गुणस्तरीय शिक्षा हामीले कसरी ग्यारेन्टी गर्न सक्छौँ, यसलाई विद्यार्थी मैत्री कसरी बनाउन सक्छौँ । र हिजो सम्झौता भएका र अहिलेका सडकमा माग गरिएका मुद्दा कसरी सम्बोधन गर्नसक्छौँ छिटो भन्दा छिटो विद्यायय शिक्षा विधेयक ल्याइनु पर्छ । फास्ट ट्रयाकबाट ल्याइनु पर्छ र शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने अवस्था बनाउनु पर्दछ । विद्यार्थीहरुको पढाइ सहज बन्ने स्थिति बनाइनु पर्छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताउंदै उनले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?