Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गरेका छन् । गभर्नर र विभिन्न आयोगहरुमा भएको नियुक्ति शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलन तथा शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उनको भनाइ छ । उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेको उल्लेख गर्दै गम्भिर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारप्रति विश्वास नभएकै कारण बैंकले कम ब्याजमा ऋण दिन्छुभन्दा पनि व्यवसायीहरु व्यवसाय गर्न तयार नरहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘गभर्नर नियुक्ति, संवैधानिक परिषद्को बैठक, विभिन्न आयोगमा नियुक्ति र सडक शिक्षक, स्वास्थ्यकर्मी लगायतका विषय र शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज नढाँकेको अवस्था छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा दुःख लागेको छ । यस विषयमा सरकार गम्भिर होस् । निजी क्षेत्रको अवस्था पनि दयनीय छ । सरकारप्रति विश्वास छैन । अहिले बैंकले कम ब्याजमा ऋण प्रवाह गर्छु भन्दा पनि व्यवसायीहरु ऋण लिएर व्यापार व्यवसाय फैलाउन चाहेका छैनन् । लगानीको सुनिश्चितता छैन । निजी क्षेत्रलाई हर्ने सरकारको दृष्टिकोण नै गलत छ । पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय बाहिर आएको छ, शिक्षकहरु लामो समयदेखि आन्दोलनमा हुनुहुन्छ । सहकारी पीडितहरुले बचत फिर्ता आएका छैनन् । जसले दैनिक १८ घण्टा काम गरी देशलाई उज्यालो बनाए उही व्यत्ति सरकारको निशानामा पर्यो । त्यसरि हेर्दा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानि छानि अवरोध गर्ने प्रवृत्ति देखियो । ’

उनले मुलुकको समग्र सुधारको लागि पटक पटक सरकामा गएका दलहरुमध्ये अग्रसरता कसले लिने ? भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?