Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गरेका छन् । गभर्नर र विभिन्न आयोगहरुमा भएको नियुक्ति शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलन तथा शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उनको भनाइ छ । उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेको उल्लेख गर्दै गम्भिर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सरकारप्रति विश्वास नभएकै कारण बैंकले कम ब्याजमा ऋण दिन्छुभन्दा पनि व्यवसायीहरु व्यवसाय गर्न तयार नरहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘गभर्नर नियुक्ति, संवैधानिक परिषद्को बैठक, विभिन्न आयोगमा नियुक्ति र सडक शिक्षक, स्वास्थ्यकर्मी लगायतका विषय र शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज नढाँकेको अवस्था छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा दुःख लागेको छ । यस विषयमा सरकार गम्भिर होस् । निजी क्षेत्रको अवस्था पनि दयनीय छ । सरकारप्रति विश्वास छैन । अहिले बैंकले कम ब्याजमा ऋण प्रवाह गर्छु भन्दा पनि व्यवसायीहरु ऋण लिएर व्यापार व्यवसाय फैलाउन चाहेका छैनन् । लगानीको सुनिश्चितता छैन । निजी क्षेत्रलाई हर्ने सरकारको दृष्टिकोण नै गलत छ । पोखरा विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय बाहिर आएको छ, शिक्षकहरु लामो समयदेखि आन्दोलनमा हुनुहुन्छ । सहकारी पीडितहरुले बचत फिर्ता आएका छैनन् । जसले दैनिक १८ घण्टा काम गरी देशलाई उज्यालो बनाए उही व्यत्ति सरकारको निशानामा पर्यो । त्यसरि हेर्दा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानि छानि अवरोध गर्ने प्रवृत्ति देखियो । ’

उनले मुलुकको समग्र सुधारको लागि पटक पटक सरकामा गएका दलहरुमध्ये अग्रसरता कसले लिने ? भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?