Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन, व्यवहारमा देखाउनुपर्छः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताएका छन् । उनले विश्वमा धेरै सम्पन्न देशहरुमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताउंदै राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गरेका छन् । उनले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने जिकिर गर्दै उनले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुलाई निरंकुश व्यवहार गर्ने ठूला राजनीतिक दलहरु कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘राजासंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ यो गरिमामय संसदमा र जनताका प्रतिनिधिहरुले त्यो गलत परिभाषा लगाउनु हुँदैन भन्ने चाहन्छु । राजसंसथाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन । र राजसंस्था र प्रजातन्त्र एकआपसका विकल्प होइनन् । दुनियाँका धेरै समृद्धि देशहरु छन् सुखी र सम्पन्न देशहरु छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् त्यसकारण कसैले यहाँ वा राप्रपाले यहाँ राजसंस्था वा राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य गलत भाष्य निर्माण नगरियोस् भनेर सबै राजनीतिक दलहरु र माननीय सदस्यहरुलाई आग्रह गर्न चाहन्छु । लोकतन्त्रको विरोधी को छ र लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो । लोकतन्त्रको डंका पिटेर त्यो लोकतन्त्रवादी हुँदैन । व्यावहारमा निरंकुश चरित्र गर्ने हिजो राजाले यस्तो गरेको थियो भनेर अरु दलहरुमाथि अरु विपक्षीहरुमाथि आफू निरंकुश व्यवहार गर्ने अनि आफू चाहीँ ठूलो लोकतन्त्रवादी हुने ।’

अध्यक्ष लिङदेनले सरकारले ल्याउने बजेट वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?