
ललितपुर । पाटन संयुक्त क्याम्पसको स्ववियू चुनाव वैशाख २० मा हुने भएको छ ।
पाटन संयुक्त क्याम्पसमा गत चैत १६ का लागि तय भएको स्ववियु निर्वाचन स्थगित भएपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो । चैत २५ मा सुनुवाइ गर्दै अदालतले तत्काल निर्वाचन गराउन आदेश दिएको हो ।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार