Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले साँठगाँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम)ले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो टिप्पणी गरेका हुन् । व्यवसायमा प्रतिष्पर्धा, दक्षता र नवप्रवर्तनभन्दा बढी राजनीतिक पहुँचलाई महत्व दिने प्रवृत्तिको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ ।

मुलुकमा बढ्दो आर्थिक चुनौतीका बीच अगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य रहेको बताउदै उनले बजेट विनियोजन गर्दा पुँजी निर्माणलाई राष्ट्रको उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा उनको जोड रहेको छ । सार्वजनिक शिक्षालाई जीवनोपयोगी बनाउने योजना सकारात्मक भएपनि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको माग रहेको भन्दै उपसभापति गुरुङले कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘व्यवसाय सफल गर्न प्रतिष्पर्धा, दक्षता, वा नवप्रवर्तनभन्दा बढी राजनीतिक सम्बन्ध र पहुँचमा निर्भर हुने परिपाटी ‘क्रोनी क्यापिटालिज्म’ले यो मुलुकको अर्थतन्त्र ध्वस्त पारेको छ सभामुख महोदय । त्यसकारण अर्थमन्त्रीज्यूसँग आग्रह गर्न चाहन्छु, पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा भन्ने मुल ध्येय र नाराका साथ हामीले बजेट विनियोजनलाई अगाडि बढाउनुपर्छ । सिद्धान्त र प्राथमिकतामा आर्थिक सुशासन कायम गर्ने प्रतिवद्धता आएको छ । यो बढो स्वागतयोग्य कुरा छ । तर आर्थिक सुशासन कायम गर्ने सवालमा चुनौति पनि उत्तिकै छन् । विनियोजन विधेयकको क्षेत्रगत विषयका सम्बन्धमा सार्वजनिक शिक्षालाई जीवनोपयोगि बनाउने कुरा स्वागतयोग्य छ । तर यति भनेर मात्र पुग्दैन । शिक्षा क्षेत्रले आमुल परिवर्तनको माग गरेको छ ।’

‘पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा’भन्ने नाराका साथ बजेट विनियोजन गरिनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?