Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति गुरुङ


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले साँठगाँठे पुँजीवाद (क्रोनी क्यापिटालिजम)ले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो टिप्पणी गरेका हुन् । व्यवसायमा प्रतिष्पर्धा, दक्षता र नवप्रवर्तनभन्दा बढी राजनीतिक पहुँचलाई महत्व दिने प्रवृत्तिको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ ।

मुलुकमा बढ्दो आर्थिक चुनौतीका बीच अगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य रहेको बताउदै उनले बजेट विनियोजन गर्दा पुँजी निर्माणलाई राष्ट्रको उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा उनको जोड रहेको छ । सार्वजनिक शिक्षालाई जीवनोपयोगी बनाउने योजना सकारात्मक भएपनि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको माग रहेको भन्दै उपसभापति गुरुङले कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘व्यवसाय सफल गर्न प्रतिष्पर्धा, दक्षता, वा नवप्रवर्तनभन्दा बढी राजनीतिक सम्बन्ध र पहुँचमा निर्भर हुने परिपाटी ‘क्रोनी क्यापिटालिज्म’ले यो मुलुकको अर्थतन्त्र ध्वस्त पारेको छ सभामुख महोदय । त्यसकारण अर्थमन्त्रीज्यूसँग आग्रह गर्न चाहन्छु, पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा भन्ने मुल ध्येय र नाराका साथ हामीले बजेट विनियोजनलाई अगाडि बढाउनुपर्छ । सिद्धान्त र प्राथमिकतामा आर्थिक सुशासन कायम गर्ने प्रतिवद्धता आएको छ । यो बढो स्वागतयोग्य कुरा छ । तर आर्थिक सुशासन कायम गर्ने सवालमा चुनौति पनि उत्तिकै छन् । विनियोजन विधेयकको क्षेत्रगत विषयका सम्बन्धमा सार्वजनिक शिक्षालाई जीवनोपयोगि बनाउने कुरा स्वागतयोग्य छ । तर यति भनेर मात्र पुग्दैन । शिक्षा क्षेत्रले आमुल परिवर्तनको माग गरेको छ ।’

‘पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा’भन्ने नाराका साथ बजेट विनियोजन गरिनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?