Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

प्राधिकरण घाटामा भएपनि नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन : हितेन्द्रदेव शाक्य


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूहरूको उद्देश्य नाफा कमाउने नभएको बताएका छन् ।

शुक्रवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू सरकारी अङ्क भएको बताउँदै नाफा प्राधिकरणको उद्देश्य नभएको बताएका छन् । नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन भन्ने आफूहरूको मान्यता रहेको बताउदै उनले पाएको खण्डमा नाफा लिने र नाफाकै लागि भन्दै विद्युत काट्ने काम नगर्ने बताएका छन् । उनले लोडसेडिङ गर्नहुँदैन भन्ने उद्देश्यका साथ उद्योगमा पनि लोडसेडिङ घटाएको दाबी गर्दै भारतबाट ल्याएर वा महँगोमा बिजुली किनेर भएपनि उद्योगधन्दामा भएको लोडसेडिङलाई घटाउने बताए । कार्यकारी निर्देशक शाक्यले भारतबाट बिजुली खरिद गर्न निर्देशन दिएको जानकारी गराउँदै घाटा लाग्छ भन्दैमा विद्युत् कटौती नहुने जिकिर गरेका छन् ।

उनले भने, “लोडसेडिङ कहाँ शुरु भयो र ? उद्योग धन्दामा जुन लोडसेडिङ थियो, अब हामी भारतबाट ल्याएर पनि र महँगोमा बिजुली किनेर पनि । १० रुपैयाँ भारुमा जति पाइन्छ त्यही किन्ने भनेर निर्देशन दिएको छु । कहीँ घाटा लाग्छ भनेर रोक्न पाउँदैनौँ । सरकारी अङ्क हौँ, नाफा हाम्रो उद्देश्य होइन । पाए खाने, नाफाको पछाडि लागेर लोडसेडिङ गर्नु हुँदैन । पाए नाफा लिने, पाएन भने नाफा भनेर लोडसेडिङ गर्नै हुँदैन भन्ने उद्देश्यले उद्योगमा पनि लोडसेडिङ घटाएका छौँ ।”

उनले गत वर्षको यहीँ समयमा बेलाबेलामा विद्युत् कटौती भइरहे पनि त्यति बेला कोही कसैले आपत्ति नजनाएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?