Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए । उनले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् ? भन्दै प्रश्न गरेका छन् । उनले काँग्रेस लायक पार्टी नभएको आरोप लगाए । उनले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गरेका छन् । उनले प्रधानमन्त्रीको बिरुद्धमा अहिल देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरेका छन् । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताए । उनले प्रदर्शनमा आउनेहरुले आइ लभ यु केपी बा नभइ क्रान्तिको हिसाव माग्नुपर्ने बताएका छन् ।

उनले भने, ‘मैले पटक पटक भन्ने गरेको छु, काँग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । त्यो अरु नालायक भए भने लायक भएर देखिन्छ, अरु लायक भए भने त्यसको महत्व नै रहँदैन । अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ । नेकपा (माओवादी केन्द्र) । माओवाद भनेर नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्न सक्दैन । किन राखेको हो थाहा छैन । लुकिङ लण्डन, टकिङ टोकियो । माओवाद भनेको यता हेरेर उता कुरा गर्ने । सिद्धान्त कता हो थाहा छैन । के सन्दर्भमा छ ? माओवादबाट हेर्दा समाज, भूराजनीति के कता देखिन्छ ? अर्कै देखिन्छ । त्यस्तो सिद्धान्त लिएर हिँडेको छ । त्यसले क्रान्ति गर्नै सक्दैन । त्यसले यस्तै गर्दछ, हाम्रा बलमा गणतन्त्र आयो, गणतन्त्र हामीले ल्याएको हो, यो हामीले ल्याएको हो त्यसैले यसको भोग पनि हामीले गर्न पाउनुपर्छ । तर्क प्रणाली यही हो । मधेस यात्रामा छ आँखा काठमाडौंमा छ । कहिले यो सरकार गएर काँग्रेस आओस् भन्छ, साँच्चै अहिलेको काँग्रेस नेतृत्वको सरकार बनेर यो समस्या समाधान हुने हो ? एउटा जिम्मेवार मान्छेले बोल्दा त्यस्तो भन्छ ।’

महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरु फाइदामा रहेको बताउनु भयो । उहाँले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरेका छन्।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?