Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

छिचमिराहरुको जमाना आउँछ की भन्ने नसोचे हुन्छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रतिगमन नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब नेपालमा प्रतिगमन नहुने बताउँदै नयाँ राजनीतिक दलहरुलाई छिचमिराको संज्ञा दिँदै छिचमिराको जमाना नआउने बताउदै देश नेकपा एमालेले भनेको गन्तव्यतिर अघि बढ्ने दाबी गरेका छन् । न ले काँग्रेस सभापति शेरबहादुर देउवा काँग्रेस एमाले मिल्नु हुँदैन भन्ने मान्छे नभेट्टाएर बैंकक नगएको बताए । नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै उनले देउवालाई अहिले पनि तपाईं नै प्रधानमन्त्री बन्नस्, साथ दिन्छौँ भन्नेहरु धेरै रहेको बताएका छन् । १४—१५ महिना पर्खिएर प्रधानमन्त्रीमा देउवालाई साथ दिन पनि आग्रह गर्दै उनले पछिका लागि पनि अहिले नै साथ दिँदा उपयुक्त हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘पत्रिकालाई अरु नै बनाउन मन होला । १५ महिना त्यस्तै हो । आरजुजीको एउटा मिटिङ थियो, सँगै शेरबहादुरजीको स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभयो । वाउ । मन्त्रीको राजीनामाको एउटा कुखुराको चल्लाहरुले सानो फ्ट्याङ्ग्रो पाए भने एउटा चल्लाले च्याप्प समातेर कुद्छ, के खान आँट्यो यसले भनेर सबै कुद्छन् त्यसका पछि । अहिलेको मिडिया पनि त्यस्तै भएको छ । एउटाले ट्याक्क टिपेर कुद्छ, के लग्यो चुच्चोमा यसले, खान आँट्यो खान आँट्यो भनेर सबै त्यसका पछि कुद्छन् । केके न भेट्टाएँ भनेर । शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि जानुभयो । अनि शेरबहादुरजीले काँग्रेस र एमाले मिल्नु हुँदैन भन्ने मान्छे नभेट्टाएर खोज्न जानुभएको हो ? बैंकक । त्यस्तो मान्छे यहाँ भेट्टाएको छैन, यहाँ सुनेको छैन, त्यस्ता कुरा । हामी साथ दिन्छौँ, हामी सहयोग गर्छौं, तपाईं नै सरकार चलाउनुस् । तपाईं नै प्रधानमन्त्री हुनुस् । ए बाबा, पर्खिनुस् न १४—१५ महिना भनेको । उहाँलाई नै प्रधानमन्त्री बनाउने हो । त्यसबेला साथ दिनुस् न । उहाँलाई नै बनाउने हो । अहिले पनि साथ दिनुस् । पछि उहाँ बन्नुहुन्छ भनेर पनि साथ दिनुस् न । हल्ला चलाएका छन् अब शेरबहादुरजी आएपछि के हुन्छ ? भनेर । नेपालमा प्रतिगमन हुनेवाला छैन । अब यो यसो प्वालबाट निस्किएर फिटिटिटिटिटि उडेका छिचमिराहरुको जमाना आउँछ की भन्ने नसोचे हुन्छ । केही आउनेवाला छैन । र देश नेकपा एमालेले भनेको गन्तव्यतिर अघि बढ्छ ।’

प्रधानमन्त्री ओलीले १५ महिनापछि सभापति देउवालाई नै देशको प्रधानमन्त्री बनाउने बताए ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?