Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

छिचमिराहरुको जमाना आउँछ की भन्ने नसोचे हुन्छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रतिगमन नहुने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब नेपालमा प्रतिगमन नहुने बताउँदै नयाँ राजनीतिक दलहरुलाई छिचमिराको संज्ञा दिँदै छिचमिराको जमाना नआउने बताउदै देश नेकपा एमालेले भनेको गन्तव्यतिर अघि बढ्ने दाबी गरेका छन् । न ले काँग्रेस सभापति शेरबहादुर देउवा काँग्रेस एमाले मिल्नु हुँदैन भन्ने मान्छे नभेट्टाएर बैंकक नगएको बताए । नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै उनले देउवालाई अहिले पनि तपाईं नै प्रधानमन्त्री बन्नस्, साथ दिन्छौँ भन्नेहरु धेरै रहेको बताएका छन् । १४—१५ महिना पर्खिएर प्रधानमन्त्रीमा देउवालाई साथ दिन पनि आग्रह गर्दै उनले पछिका लागि पनि अहिले नै साथ दिँदा उपयुक्त हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘पत्रिकालाई अरु नै बनाउन मन होला । १५ महिना त्यस्तै हो । आरजुजीको एउटा मिटिङ थियो, सँगै शेरबहादुरजीको स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभयो । वाउ । मन्त्रीको राजीनामाको एउटा कुखुराको चल्लाहरुले सानो फ्ट्याङ्ग्रो पाए भने एउटा चल्लाले च्याप्प समातेर कुद्छ, के खान आँट्यो यसले भनेर सबै कुद्छन् त्यसका पछि । अहिलेको मिडिया पनि त्यस्तै भएको छ । एउटाले ट्याक्क टिपेर कुद्छ, के लग्यो चुच्चोमा यसले, खान आँट्यो खान आँट्यो भनेर सबै त्यसका पछि कुद्छन् । केके न भेट्टाएँ भनेर । शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि जानुभयो । अनि शेरबहादुरजीले काँग्रेस र एमाले मिल्नु हुँदैन भन्ने मान्छे नभेट्टाएर खोज्न जानुभएको हो ? बैंकक । त्यस्तो मान्छे यहाँ भेट्टाएको छैन, यहाँ सुनेको छैन, त्यस्ता कुरा । हामी साथ दिन्छौँ, हामी सहयोग गर्छौं, तपाईं नै सरकार चलाउनुस् । तपाईं नै प्रधानमन्त्री हुनुस् । ए बाबा, पर्खिनुस् न १४—१५ महिना भनेको । उहाँलाई नै प्रधानमन्त्री बनाउने हो । त्यसबेला साथ दिनुस् न । उहाँलाई नै बनाउने हो । अहिले पनि साथ दिनुस् । पछि उहाँ बन्नुहुन्छ भनेर पनि साथ दिनुस् न । हल्ला चलाएका छन् अब शेरबहादुरजी आएपछि के हुन्छ ? भनेर । नेपालमा प्रतिगमन हुनेवाला छैन । अब यो यसो प्वालबाट निस्किएर फिटिटिटिटिटि उडेका छिचमिराहरुको जमाना आउँछ की भन्ने नसोचे हुन्छ । केही आउनेवाला छैन । र देश नेकपा एमालेले भनेको गन्तव्यतिर अघि बढ्छ ।’

प्रधानमन्त्री ओलीले १५ महिनापछि सभापति देउवालाई नै देशको प्रधानमन्त्री बनाउने बताए ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?