Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

नेकपा महासचिव चन्दको गुनासोः प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भएपनि आफूहरुले अवसर नपाएको बताएका छन् ।

नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफ्नो परिवारका सदस्यहरु गुमाउँदै आन्दोलनमा लड्दै साथ दिएको भएपनि आफूहरुले अवसर नपाएको गुनासो छ । उनले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने ? भन्दै प्रश्न गरे । उनले सबै कम्युनिष्ट एकजुट भएर जनतालाई साथ दिन अह्वान गर्ने बेला आएको समेत बताएका छन् ।

उनले भने, ‘हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं । उहाँहरुले हामीलाई हेर्नु हुदैन र ? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले ? एकचोटि हेरे हुन्छ नि त । सधैं आफैं हुनुपर्छ र ? त्यो के अर्को राजतन्त्र भएन र ? दलीय व्यवस्थाको नाममा कति पटक अध्यक्ष हुने ? कति वर्ष महासचिव हुने मान्छे ? त्यसकारण अब समय आएको छ । यसमा हामी सबै एकजुट भएर नेपाली जनतालाई अपिल गर्नुपर्छ । सबैलाई हेर्नुभयो एकचोटि हामीलाई पनि हेर्नुस् भन्ने अधिकार हामीलाई छैन र ?’

नेकपालाई नेपाली जनताको माया र श्रम गर्ने नेता कार्यकर्ताबाट चल्ने पार्टी बनाउनुपर्नेमा चन्दको जोड छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?