Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

सरकारले गति लिन सकेनः महामन्त्री थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री, गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गरेका छन् । उनले सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवद्र्धन लगायतका विषयहरुमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताएका छन्। महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।

महामन्त्री थाापले भने, ‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने कुरा तत्काल प्रारम्भ गर्छौं । खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं । व्यक्तिगत रुपमा त मैले यस पटक केही भुमिका लिनुपर्छ भन्दै गर्दा म सरकारमा बसेर भुमिका लिन्न तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रुपमा वार फुटिङमा काम गर्दछु, व्यक्तिगत रुपमा जोखिम उठाउन, गाली खान तयार छु, किनभने अब काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ । विशेष गरी इकोनोमिक फण्डमा काम गर्ने हो । त्यस कारणले शुरुको चरणमा जोतिएर गएर काम गरेको पनि हो । उत्साहका साथमा धेरै कुरा बदल्ने भनेर लागेको पनि हो । तर बिस्तारै के लान थालेको छ भने देशलाई कंकडको स्पिड चाहिएको छ । आज एउटा, भोलि एउटा, पर्सि एउटा, एउटा माहोल बनाउनुपर्नेछ, यहाँ राम्रो भएको छ भनेर । सरकार ट्याक्टरको स्पिडमा छ । मान्छेको अपेक्षाको गतिअनुसार काम हुन सकेको छैन । गति नै पक्रन सकेन ।’

महमन्त्री थापाले युद्धस्तरमा काम गर्नुपर्ने भएपनि नेतृत्व तहबाट काम हुन नसकेको आरोप लगाएका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?