Trending
>>   आज मिति २०८२ साल वैशाख १९ गते शुक्रबार ,हेर्नुहोस् आजको राशिफल >>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु)
Logo
१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याउनुभएको रेसिप्रोकल भन्सारदर चीन बाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको छ ।

ट्रम्पले अघिल्लो साता घोषणा गर्नुभएको ‘जस्तालाई तस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) ९० दिन (तीन महिना) का लागि स्थगन गरेको बताएका छन् । संयुक्त राज्य अमेरिकाले चीनमाथि लगाएको भन्सार शुल्कलाई १२५% बढाएको छ । ट्रम्पकाअनुसार यो तुरुन्तै लागू हुन्छ ।

सामाजिक सञ्जाल टु«थमा यसबारे राष्ट्रपति ट्रम्पले भन्नुभएको छ– ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदैछु, जुन तुरुन्तै लागू हुनेछ । आशा छ– चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पुर्याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन ।’

ट्रपले नयाँ ट्यारिफका कारण चर्को आलोचना खेप्नुपरेको छ । नयाँ ट्यारिफका कारण खासगरी शक्ति राष्ट्रलाई ठूलो असर परिरहेको थियो ।

जसबाट नेपाल पनि अछुतो थिएन । नयाँ ट्यारिफअनुसार नेपाली वस्तु अमेरिका निर्यात गर्दा १० प्रतिशत भन्सार तिर्नुपथ्यो । पहिलेको तुलनामा नेपाली वस्तु अमेरिका निकासीमा महँगो पर्दै थियो । तर शक्तिराष्ट्रहरुलाई लगाइएको भन्दा यो दर कम भएको भन्दै नेपालका उद्योगी व्यापारीले राहत महशुस गरेका थिए ।

नयाँ ट्यारिफका कारण विश्व अर्थतन्त्र नै मन्दीमा जाने खतरा विश्लेषण हुँदै आएको थियो ।


प्रकाशित मिति: २८ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?