Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याउनुभएको रेसिप्रोकल भन्सारदर चीन बाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको छ ।

ट्रम्पले अघिल्लो साता घोषणा गर्नुभएको ‘जस्तालाई तस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) ९० दिन (तीन महिना) का लागि स्थगन गरेको बताएका छन् । संयुक्त राज्य अमेरिकाले चीनमाथि लगाएको भन्सार शुल्कलाई १२५% बढाएको छ । ट्रम्पकाअनुसार यो तुरुन्तै लागू हुन्छ ।

सामाजिक सञ्जाल टु«थमा यसबारे राष्ट्रपति ट्रम्पले भन्नुभएको छ– ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदैछु, जुन तुरुन्तै लागू हुनेछ । आशा छ– चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पुर्याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन ।’

ट्रपले नयाँ ट्यारिफका कारण चर्को आलोचना खेप्नुपरेको छ । नयाँ ट्यारिफका कारण खासगरी शक्ति राष्ट्रलाई ठूलो असर परिरहेको थियो ।

जसबाट नेपाल पनि अछुतो थिएन । नयाँ ट्यारिफअनुसार नेपाली वस्तु अमेरिका निर्यात गर्दा १० प्रतिशत भन्सार तिर्नुपथ्यो । पहिलेको तुलनामा नेपाली वस्तु अमेरिका निकासीमा महँगो पर्दै थियो । तर शक्तिराष्ट्रहरुलाई लगाइएको भन्दा यो दर कम भएको भन्दै नेपालका उद्योगी व्यापारीले राहत महशुस गरेका थिए ।

नयाँ ट्यारिफका कारण विश्व अर्थतन्त्र नै मन्दीमा जाने खतरा विश्लेषण हुँदै आएको थियो ।


प्रकाशित मिति: २८ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?