Trending
>>   केआईआईटीमा फेरी नेपाली विद्यार्थी पनि मृत भेटिइन् >>   आज मिति २०८२ साल वैशाख १९ गते शुक्रबार ,हेर्नुहोस् आजको राशिफल >>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का
Logo
१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना


काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम तथा एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

आज दिउँसो : देशभर साधारणतया देखि पुर्णतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती : देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहीरहेको तुँवालो क्रमीक रुपमा कम हुने देखिन्छ ।

मेघगर्जन/चट्याङ्ग, वर्षा, हिमपात लगायत तुँवालोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।


प्रकाशित मिति: २८ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?