Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ


काठमाडौँ। राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरुलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताएका छन् । उनले उक्त समय सीमाभित्र सरकारले नेताहरुलाई मुक्त नगरे तीनकुनेमा मारिएका युवाहरुको रगतले लत्पतिएको माटोको टिका लगाएर भद्र आन्दोलनमार्फत सामुहिक गिरफ्तारी दिने बताएका छन् ।

उनले आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै रुची हुने सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै सशस्त्र वा हिंस्रक आन्दोलन गर्ने आफूहरुको कुनै मनसाय नभएको भद्र अवज्ञा आन्दोलनमार्फत अभियान सफल हुने दाबी गरेका छन् ।

उनले भने, ‘आफ्नो इगो प्रोब्लेम ल्याउने होइन, यहाँ स्ट्याटस खोज्ने पनि होइन । लो प्रफाइलमा बसेर आन्दोलन सफल पार्नुपर्छ । हाम्रो अभियान सफल हुन्छ । तपाईहरु हरेस नखानुस्, अहिलेको अहिल्यै र भरेको भरे नै भन्ने हुँदैन । सबै कुराको समय आउँछ । आगमी वैशाख २१ गतेसम्मको समयमा पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकको नजर बन्द खुलाएन भने हाम्रा बन्दी बनाइएको साथीहरु मुक्त गरेन भने २२ गतेको दिनमा हामीहरुले तीनकुनेमा शहीद बनेको व्यक्तिहरुको रगतले लुटपुटिएको माटोको टिको लगाएर सामुहिम गिरफ्तारी दिने हो । सबैभन्दा पहिला मै हिड्छु । म ७८ वर्षको बुढो सुगरको पेसेन्ट माटोको टिको लगाएर मै हिँड्छु तपाईहरु को को आउनुहुन्छ, आउनुहोस् । हामी आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने छौँ । हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलन हुने छ । सशस्त्र आन्दोलन गर्ने भन्ने साथीहरुलाई पनि भद्र आन्दोलन गर्न भन्छौँ ।’

डा. गुरुङले तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरुले हल्ला चलाएको बताउंदै अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?