Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

शिघ्रस्खलनको समस्या छ ? यस्ता छन् कारणहरु


काठमाडौँ। संभोगको क्रममा उत्तेजनाको चरम बिन्दुमा पुगेपछि लिंगबाट वीर्य बाहिर निस्कने कार्यलाई वीर्य स्खलन भनिन्छ ।कामोत्तेजनाको बेला पुरुषको लिंगबाट वीर्य स्खलन हुनुभन्दा पहिले कति समय टिक्नुपर्छ भन्ने कुनै एकिन समय नभए पनि तपाईंको यौन पार्टनरले अपेक्षा गरेको भन्दा छिटो स्खलन हुनु नै एक प्रकारको यौन दुर्बलता हो, जसले दम्पतीलाई यौन क्रियाकलापको पूर्ण यौन आनन्द लिनबाट रोक्छ ।

प्रवेश गरेपछि एक मिनेटभन्दा कम समयमा वा पाँचदेखि १० धक्कामा नै वीर्य स्खलन भएमा वा स्खलन रोक्न नसक्नु र समयपूर्व स्खलन हुनु दुवै यौन पार्टनरहरूको लागि निराशाजनक हुन सक्छ। शीघ्र स्खलनको समस्या पुरुषहरूमा देखिने यौन सम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रुपमा प्रायजसोः पाको उमेर समूहलाई यस रोगले सताउने गरेको पाइन्छ ।

यौन दुर्बलता समस्याका लागि मधुमेह,मुटुसम्बन्धिका रोग, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसंगको सम्बन्ध, कम टेस्टोस्टेरोनको मात्रा, लामो समयसम्म एउटै औषधिको प्रयोग, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस ,निन्द्राको गडबढि, दिर्घकालीन रपमा प्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन आदि कारणले पनि हुन सक्छन ।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: २४ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?