Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

तीनकुनेमा भएको घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त


काठमाडौँ। नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् । उनले चैत १५ गते भएको घटना संवैधानिक चरित्रको नभएको समेत स्पष्ट पारे । उनले प्रदर्शनकारीहरुले सिंहदरबार, नारायणहिटी र संसद भवन कब्जा गर्ने कुप्रयास गर्दापनि सरकार के हेरेर बसेको ? प्रश्न गरेका छन्। उनले प्रदर्शनका कमाण्डरले सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएको भएपनि सरकारले समात्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने, ‘यी सबै भुमिकामा ज्ञानेन्द्र शाहको भुमिका के हो ? छैन भने नभन्नुस छ भने यो यो हो भनेर प्रमाण भनेर जनताको बीचमा आउनुपर्यो । र त्यसो गर्ने जोकोही होस् त्यसलाई सरकारले के गर्छ ? मेरो विश्लेषणमा १५ गतेको पूर्वराजाको उक्सावटमा भएको सफ्ट कू को प्रयत्न हो । यसको क्यारेक्टर कुनै संवैधानिक होइन । सिंहदबार कब्जा गर्ने, नारायणहिटी कब्जा गर्ने र संसद कब्जा गर्ने त्यही त हो । अनि सरकारले के हेरेर बसेको ? दुर्गाले त सार्वजनिक रुपमा बोलेको हो त जे जे हातहतियार पाइन्छ लिएर आउनु भनेर भाषण गरेर हिँड्या छ ।’

यो प्रदर्शनलाई सामान्य ढंगले लिएर छोड्न नहुनेमा उनको जोड छ । यस्ता घटनामा न्यायिक आयोग गठन गर्न नहुने र श्री ५ को सरकार भनेर सम्बोधन गर्नेलाई कारबाही गर्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?