Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

तीनकुने घटना आमसभा गर्न जाँदा बोल्न नदिकनै अश्रुग्याँस हान्नुको परिणाम : डा.सुनिल शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्यास र हवाई फायर भएपछि आन्दोलनकारीहरु बिथोलिएको जिकिर गरेका छन् । उनले मञ्चमा कार्यक्रम गर्न नदिकनै आन्दोलन बिथोल्ने काम सरकारबाट भएको बताउदै लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरुले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने बताएका छन् । सांसद शर्माले पार्टीहरु मिलेर जनतामाथि दमन गरेको बताउदै तीनकुने घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका छन् । सरकारले फायर खोलेको भन्दै उनले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताए । शान्तिपूर्ण रुपमा आमसभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको उनको आरोप छ । स्वीकृति लिएर आमसभा गर्न जाँदा बोल्न नदिकनै अश्रुग्याँस हान्नुको परिणाम तीनकुने घटना रहेको जिकिर गरेका छन् ।

उनले भने, ‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिकन, मान्छेलाई बोल्नै नदिकन, अनि सरकारले अश्रु ग्याँस हानेको छ । ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरु तपाईंले कलेक्शन गरेर हेर्नुस् । एउटा कुरा निश्चित रुपमा देखिन्छ की स्टेजमा कार्यक्रम गर्न दिइएको छैन । हामी लोकतन्त्रवादी हौँ । सत्य के हो भने लोकतन्त्रवादी भनिरहँदा लोकतन्त्र भनेकै एउटा त्यस्तो गार्डेन, नर्सरी, जहाँ फरक—फरक खालका विचारहरु स्वतन्त्रतापूर्वक फुल्न पाउनुपर्छ । चाहे त्यो राजावादी होस्, चाहे माओवादी, काँग्रेस वा अर्को पार्टी । कुनैपनि विचार हातमा हतियार नकिन राखिने विचारलाई स्वागत गर्नुपर्छ । स्टेज बनाएको ठाउँमा कार्यक्रम गर्न नदिने । अनि जनतालाई गरिखान नदिने ।’

सांसद शर्माले आक्रान्त जनताका माग सम्बोधन नगरीकन लोकतन्त्रको नाममा अश्रुग्याँस हानिएको बताउदै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल समशेर जबरालाई सरकारले शक्तिको दुरुपयोग गरेर हत्कडी लगाएर थुनेको बताए । यसबारेमा राप्रपा वा पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल गर्नुपर्ने र नेता द्वय लगायतका आन्दोलनकारीहरुलाई बिना शर्त रिहा गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?