Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

तीनकुने घटनाबारे पूर्वन्यायधीशको अध्यक्षतामा स्वतन्त्र न्यायिक आयोग गठन गर्न राप्रपाको माग


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गतेको तीनकुने घटनाबारे सत्यतथ्य र निष्पक्ष छानविन गर्न पूर्वन्यायधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले बिहीवार सिंहदरबारस्थित कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्र बुझउँदै अध्यक्ष लिङदेनले सरकारले दमन गरेको आरोप लगाउँदै दमनमा संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने उल्लेख गरेका छन् । निष्पक्ष छानिवनका लागि पनि न्यायिक आयोग गठन गर्नुपर्ने र भविष्यमा यस्ता घटना हुन नदिनको लागि सरकारले गम्भिर भएर अनुसन्धान गर्र्नुपर्ने उनको जोड छ । घटनाको स्वतन्त्र छानविनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा दमनको नेतृत्व गर्ने प्रहरी कमाण्डर तथा प्रशासनिक कर्मचारीलाई निलम्वन गर्नुपर्ने समेत उनको माग छ । उनले मृतकहरु सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

उनले भने, ‘भविष्यमा यस्ता प्रकारका घटनाहरु नदोहोरिनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानविन हुन आवश्यक छ । दमनमै संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने हुनाले स्वतन्त्र, निश्पक्ष र न्यायिक आयोग गठनका लागि सरकारसँग माग गर्दछौं । सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानविन आयोगको गठन, छानविनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक कर्मचारीको निलम्बन, मृतकहरु सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’

उनले राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल समशेर जबरा लगायतका नेताहरुमाथि लगाइएका झुटा मुद्दाहरुको खारेज गर्दै यथाशिघ्र रिहाई गर्न समेत कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए । ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रदर्शनमा भएका अराजक गतिविधिहरुबारे सरकारले गहिरोसँग अध्ययन गरिरहेको बताएका छन् । उनले उल्लेखित मागहरु सम्बोधन गर्न आवश्यक छलफल गर्ने बताएका छन् ।

सरकारले शान्तीपूर्ण आन्दोलनमा दमन गर्न खोजेको कारण तीनकुने घटनाको मुख्य जिम्मेवार सरकार स्वयं रहेको राप्रपाको आरोप छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?