Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

तीनकुने घटनाबारे पूर्वन्यायधीशको अध्यक्षतामा स्वतन्त्र न्यायिक आयोग गठन गर्न राप्रपाको माग


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गतेको तीनकुने घटनाबारे सत्यतथ्य र निष्पक्ष छानविन गर्न पूर्वन्यायधीशको अध्यक्षतामा न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरुले बिहीवार सिंहदरबारस्थित कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ज्ञापन पत्र बुझउँदै अध्यक्ष लिङदेनले सरकारले दमन गरेको आरोप लगाउँदै दमनमा संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने उल्लेख गरेका छन् । निष्पक्ष छानिवनका लागि पनि न्यायिक आयोग गठन गर्नुपर्ने र भविष्यमा यस्ता घटना हुन नदिनको लागि सरकारले गम्भिर भएर अनुसन्धान गर्र्नुपर्ने उनको जोड छ । घटनाको स्वतन्त्र छानविनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा दमनको नेतृत्व गर्ने प्रहरी कमाण्डर तथा प्रशासनिक कर्मचारीलाई निलम्वन गर्नुपर्ने समेत उनको माग छ । उनले मृतकहरु सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

उनले भने, ‘भविष्यमा यस्ता प्रकारका घटनाहरु नदोहोरिनका लागि उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानविन हुन आवश्यक छ । दमनमै संलग्न सरकारको एकपक्षीय छानविनले पीडितलाई न्याय दिन नसक्ने हुनाले स्वतन्त्र, निश्पक्ष र न्यायिक आयोग गठनका लागि सरकारसँग माग गर्दछौं । सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानविन आयोगको गठन, छानविनका लागि गृहमन्त्रीको राजीनामा, चैत १५ गतेको दमनको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक कर्मचारीको निलम्बन, मृतकहरु सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’

उनले राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल समशेर जबरा लगायतका नेताहरुमाथि लगाइएका झुटा मुद्दाहरुको खारेज गर्दै यथाशिघ्र रिहाई गर्न समेत कार्यवाहक प्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराए । ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रदर्शनमा भएका अराजक गतिविधिहरुबारे सरकारले गहिरोसँग अध्ययन गरिरहेको बताएका छन् । उनले उल्लेखित मागहरु सम्बोधन गर्न आवश्यक छलफल गर्ने बताएका छन् ।

सरकारले शान्तीपूर्ण आन्दोलनमा दमन गर्न खोजेको कारण तीनकुने घटनाको मुख्य जिम्मेवार सरकार स्वयं रहेको राप्रपाको आरोप छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?