Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

प्रतिपक्षीको भावनालाई सम्मान गर्छु, मसिना कुरालाई इगोको रुपमा नलिऔँः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरुलाई इगोको रुपमा नलिइ संसद सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गरेका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले संसदमा ल्याइएका अध्यादेशहरु संविधान अनुसार नै भएकाले दुवै सदनबाट स्वीकृत भइसकेको बताउदै संविधानलाई समृद्ध बनाउँदै कार्यान्वयनमा लैजान कानून निर्माण आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताएका छन् । उनले सबै दलको एकताबद्धताले स्थपित भएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिंदै उनले देशमा भइरहेका गणतन्त्र बिरोधी गतिविधि तथा आफ्नो थाइल्याण्ड भ्रमणको विषय रहेकाले सबै दलहरुलाई एकतावद्ध भएर संसद सुचारु गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘हामी यतिबेला एकजुट भएर जनतालाई जगाएर, व्यवस्था र संविधानको रक्षा गरेर यिनलाई सफल बनाएर अगाडि जानुपर्नेमा हामी ससाना निहुहरुमा अल्झिरहेका छौँ । नअल्झिउँ भन्न चाहन्छु । सदनको अवारेधलाई अन्त्य गरेर एकतावद्ध भएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाऔँ । हामी आफैँले बनाएको संविधानलाई समृद्ध बनाऔँ । मेरो आग्रह छ । जहाँसम्म कानून निर्माणको प्रश्न छ अध्यादेश ६ वटामध्ये एउटा पेश गरेनौँ । पाँच वटा समयभित्रै पाँचवटा दुवैसदनबाट स्वीकृत भइसक्या छ । अब अध्यादेश भनेको कुरा यो अध्यादेशको संसदमा ११४ को २ ले व्यवस्था गरेको छ त्यसअनुसार नै हुनेछ भन्ने कुरा छर्लङ्गै छ भन्नेकुरा छ । यसकारण म प्रतिपक्षको भावनाको सम्मान गर्दै अहिले परिस्थिति गतिविधि मेरो थाइल्याण्डको भ्रमणदेखि लिएर अहिले हामीहरुबीच चलिरहेको साना मसिना कुरामा इगोको रुपमा लिएर अल्झिएको छौ यसलाई इगोको विषय नबनाऔँ सदन सुचारु गरौँ म आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्र्तीेबारे अदालतमा विचाराधिन रहेकाले संसदमा छलफल गर्नु उचित नहुने बताउदै उनले लोकसेवाले नियुक्त गरेको बाहेक राजनीतिक नियुक्तहरु सरकार फेरिएपछि स्वतः फेरिने विधिमा जाने व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?