Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः योगेश भट्टराई


काठमाडौँ। नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेको भन्दै उनलाई दिएको सेवा सुविधा कटौति गर्नेबारे सोच्नुपर्ने बताएका छन्। उनले पूर्वराजाले शाहले राज्यसँग गरेको सम्झौता भंग गरेकोले उनलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन ? भन्दै प्रश्न गर्दै सरकारसँग जवाफ माग गरेका छन्।

उनले भने, ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसावले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो । त्यसैले आज म यो संसदमार्फत प्रश्न गर्न चाहन्छु । सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुदैन ? म सरकरालाई सोध्न चाहान्छु । उहाँले सम्झौता भंग गर्नुभयो । उहाँले लफंगाहरुलाई जनकमाण्डर बनायो । तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनु भयो । म फेरि भन्छु । निर्मल निवासबाट लफंगाहरुलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो । तपाईको सम्झौता भंग भयो । त्यसैले तपाईलाई दिइएको सेवासुविधा के हुन्छ ? सरकारले जवाफ दिनुपर्यो ।’

उनले पृथ्बीनारायण शाह र बहादुर शाह बाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको बताउदै नेपालको सीमाना कहाँ थियो आज कहाँ छ ? भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?