Trending
>>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

रमेश लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ?


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् ।

शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरुले तोडफोड गरी पु¥याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् । शुक्रवार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पतीमा तोडफोड गरी क्षति पुर्याएका थिए । सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरु बताउँछन् ।

गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भन्नुभयो, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरु आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो की हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरुले शुक्रवार तीनकुनेमा निजी सम्पतीमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पतीहरुमा आगजनी गरेका थिए ।


प्रकाशित मिति: १६ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?