Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

रमेश लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ?


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् ।

शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरुले तोडफोड गरी पु¥याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् । शुक्रवार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पतीमा तोडफोड गरी क्षति पुर्याएका थिए । सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरु बताउँछन् ।

गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भन्नुभयो, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरु आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो की हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरुले शुक्रवार तीनकुनेमा निजी सम्पतीमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पतीहरुमा आगजनी गरेका थिए ।


प्रकाशित मिति: १६ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?