Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

आपराधिक कुकृत्य गर्ने तत्वलाई तिरस्कार र प्रतिवाद गरौँ : एकीकृत समाजवादी


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरुले गरेको तोडफोड र आगजनीको घोर भत्र्सना गर्दै घटनामा सम्लग्नलाई कडा कारबाहीको माग गरेको छ ।

शुक्रवार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिबारे पत्रकारहरुलाई जानकारी दिँदै महासचिव घनश्याम भुसालले पार्टी कार्यालयमा हुनसक्ने सम्भावित दुर्घटनाबारे प्रहरीलाई खबर गरिएको भएपनि समयमै शतर्कता नअपनाएर प्रहरीले घोर लापरबाही गरेको आरोप लगाएका छन् । उनले पार्टी अराजक झुण्डले कार्यालयको झ्याल ढोका तोडफोड गरेर कागजात तथा फर्निचर जलाएको बताए । उनले अराजक गतिविधि गर्ने समूहरुमाथि प्रतिकार गर्न र नागरिकको रक्षाप्रति सचेत रहन नागरिक समुदायलाई आग्रह गरेका छन् । सरकारलाई सम्भावित घटनाका बारेमा सूचना भएपनि सुरक्षा व्यवस्था मिलाउन नसकेको प्रष्ट देखिएको उनको भनाइ छ ।

उनले भने, ‘आज दिउँसो ३ : १५ बजे पुनरउत्थानवादी तत्वले जम्मा गरेको उल्लडबाजहरुको एक जत्थाले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय आलोकनगर वानेश्वर काठमाडौंमा आक्रमण गरेर आगजनी र तोडफोड गरेको छ । कार्यालयका ढोका र झ्यालहरु तोडफोड गरेर कागजात र फर्निचरहरु जलाएको छ । आफूलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादिहरुको यसप्रकारको कुकृत्यको हाम्रो पार्टी घोर निन्दा भत्र्सना गर्दछ । साथै लुटपाट र अगाजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्वलाई तिरस्कार र प्रतिवाद गर्न र नागरिकहरुको रक्षाप्रति सचेत रहन सम्पूर्ण नागरिक समुदायलाई हाम्रो पार्टी हार्दिक अपिल गर्दछ । पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाका बारे आज बिहान ११ बजे नै प्रहरीलाई खबर गरिएको र पार्टी कार्यालयमा आक्रमण हुन थाले पछि फेरि तुरुन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रबन्ध नगर्नु प्रशासनको घोर लापरबाही हो । अहिले यी हुल्लडबाजहरुले कयौँ सर्वसाधारणको सम्पत्तिमाथि पनि श्रृङ्खलावद्ध आक्रमण गरेर लुटपाट गरेका समाचारहरु आइरहेका छन् । यसबाट सरकारले सुरक्षा प्रवन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ । हाम्रो पार्टी सरकारी संयन्त्रको लापरबाहीको घोर निन्दा गर्दछ । र नागरिक जीवनको प्रत्याभुति गर्न र तोडफोड तथा आगजनीमा संलग्न सबै अपराधीहरुलाई यथाशिघ्र कडा कारबाही गर्न जोडदार माग गर्दछ ।’

महासचिव भुसालले पार्टीले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै पश्चगमनकारीको अवशेष पनि बाँकी नरहने गरी निर्मुल पार्ने बताएका छन् ।


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?