Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय


काठमाडौँ। गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ ।

शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामि दिनमा सरकार संयमित भएर नबस्ने बताउदै राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताएका छन् । आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । उनले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताए ।

उनका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहति ३० जना घाइते भएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उनले बताएका छन् ।

उनले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मुलभूत रुपमा उहाँ नै आजका यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ । र आज जति पनि क्षति भएको छ । यो क्षतिको पुर्ण जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँले लिनुपर्छ । मान्छेहरु तत्काल पक्राउ पर्लान र छुटिहाल्छन् भन्ने स्थिति चाँही छैन । अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार १५ जना सुरक्षाकर्मी घाइते हुनु भएको छ । प्रदर्शनकारीको तर्फबाट समेत १५ जना घाइते हुनु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । तीनकुने क्षेत्रमा धेरै व्यक्तिहरुको घरमा ढुंगामुडा भएको छ । केही सरकारी सवारी साधनमा समेत आगजनी भएको छ । जडिबुटिमा रहेको जडिबुटि प्रोधन केन्द्रको कम्पनीमा पनि आगजनी भएको छ । यो एकदमै अमर्यादित र अमानवीय कार्य हो । यस्तै भएको अवस्थामा सरकार अगामि दिनमा संयमित भएर बस्दैन ।’

व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजकनै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?