Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः अध्यक्ष नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताए । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उनले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताउदै शाह वंशले देशलाई बर्बाद बनाएको र देशको हितमा कहिल्यै काम नगरेको जिकिर गर्दै देश इतिहासको पछाडी फर्किन नसक्ने दाबी गरेका छन् ।

उनले भने, ‘अब यो मुलुक शाही वंशतर्फ फर्किन सक्दैन, राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो मुलुक वंश र परिवारको साशनमा फर्किन सक्दैन । अहिले संसारमा जनताहरु सार्वभौतसत्ता सम्पन्न भएका छन् कसैको पनि दासता स्वीकार गर्न तयार छैनन् । नेपाली जनता पनि कसैको दास बन्न चाहदैनन् । हामी हेरौँ २४० वर्षको शाह वंशको इतिहास, हामी हेरौँ १०४ वर्षको राणाकालीन साशनको इतिहास । देशलाई कति लुटे उनीहरुले ? देशलाई कति चुसे उनीहरुले देशलाई कसरी बरबाद पारे उनीहरुले । उनीहरुको एक एक घटनाक्रमलाई हामीले सम्झियौँ भने छर्लङ हुन सक्छौ कि राजतन्त्रले देशको भलो गरेको छैन । त्यसकारण राजतन्त्रतफै फर्किने कल्पनै नगरे हुन्छ । अब यो मुलुक इतिहासको पछाडी फर्किन सक्दैन । हामी जान दिँदैनौँ । हामी चुनौती दिन चाहन्छौँ यो देशमा फेरि ति वंशको साशन ल्याउन खोज्ने कसैले कुचेष्टा गर्छ भने उनीहरुले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’

अध्यक्ष नेपालले जनताको समस्याबाट आफूहरु चिन्तित भएको बताउदै पुँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरुको नालायकीपनका कारण जनताले दुःख पाएको बताए । उनले नेपाली जनताका समस्या समाधानका लागि समाजवादी व्यवस्था आवश्यक भएको बताउदै नेपाली विशेषतासहितको समाजवादी प्रणालीको खाका आफूहरुसँग भएको दाबी गरे । उनले सत्ता सञ्चालन गर्नेहरु यथास्थितिमा रुमल्लिएको आरोप लगाएका छन् ।

उनले भने, ‘अवश्य हामी जनताको समस्याबाट चिन्तित छौँ । हामीले तीन वटा व्यवस्था देखेको छौँ । एउटा सामन्ती व्यवस्था । यो व्यवस्था पनि राणा र शाहले गरेका हुन् । अर्को दलाल पूँजीवादी व्यवस्था । त्यही दलाल पूँजीवादी व्यवस्थाका कारणले अहिले जनताले दुःख भोग्नु परिरहेको छ । साशकको नालायकीपनले पनि जनताले दुःख भोग्नु परिरहेको छ । त्यसो भएर हामीले भनी रहेका छौँ कि तेस्रो व्यवस्था चाहेका छौँ । त्यो तेस्रो व्यवस्था भनेको समाजवादी व्यवस्था हो । त्यो समाजवादी व्यवस्थाले न्यायको समाज स्थापित गर्न चाहन्छ । समानताको समाज स्थापित गर्न चाहन्छ । जनतालाई सुखी जीवन प्रदान गर्न चाहन्छ । त्यसो भएको हुनाले यो मोर्चाको नाम पनि समाजवादी मोर्चा राखेका छौँ । त्यसैले भनी रहेका छौँ, नेपाली विशेषताको समाजवाद आज चाहिरहेका छौँ । त्यो भएको हुनाले हाम्रो समाजवादमा नेपालमा कस्तो किसिमले हाम्रो सामाजिक प्रणाली हुने छ ? साशन प्रणाली हुनेछ ? आर्थिक प्रणाली हुनेछ ? अनि कसरी सबै वर्गा तहका जनताहरुको हित र कल्याण हुन सक्दछ ?सबै जाती जनजातीहरुको भलो हुन सक्दछ ? यस्को समग्र खाका हामीसँग छ । दुर्भाग्य के छ भने सत्तामा बस्नेहरुले अग्रगामी विचार राखेनन् । यथास्थितिमा रुमल्लिए । उनीहरु परिवर्तनका पक्षधर देखिएनन् । आज हामीले त्यसैको भोगिरहेका छौँ परिणाम ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले जनताको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार जनताबाट टाढिएकाले जनताको पीडा बुझ्न नसकेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?