Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

गणतन्त्रवादीहरुले जनअपेक्षाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्व सल्बलाएः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरु टाउको उठाउने दुःशाहस गरेको भन्दै आत्मआलोचना गरेका छन् ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौं गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दालालले जनचाहानाअनुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्वहरु सक्रिय भएको भन्दै आत्मआलोचना र आत्मसमिक्षा गरेका छन्। उनले विगतका गल्तीबाट पाठ सिक्दै जनता, शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते र बेपत्ता पारिएका परिवारका सपना पूरा गर्ने भन्दै अर्को क्रान्तीको घोषणा गरे । उनले गणतन्त्रमा गरेका कमजोरीहरुलाई सच्याउँदै लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्नको लागि नयाँ आन्दोलन एवं क्रान्तीको आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘सायद हामी गणतन्त्रवादीहरुले सायद जनताका आशा अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरुले पनि टाउको उठाउने दुस्साहस गर्न पाए । त्यसकारण अरुलाई गाली गर्नुभन्दा पहिले म सम्पुर्ण जनसमूदायसँग गणतन्त्रवदी नेताको हैसियतले पहिला आत्म आलोचना गर्न चाहान्छु, आत्मसमिक्षा गर्न चाहन्छु । र हामी ति गल्तीबाट शिक्षा लिएर फेरि एकचोटि जनताका पक्षमा, मजदुर किसानका पक्षमा, उत्पीडित, वर्ग, जार्ती, क्षेत्र र समूदायको पक्षमा सम्पूर्ण शहीद परिवार, बेपत्ता योद्धा परिवार तथा शहीद, घाइते र बेपत्ता पारिएका परिवारका सपना पुरा गर्न एउटा अर्को क्रान्तीको घोषणा म गर्न चाहान्छु । आफ्ना गल्तीहरु सच्याउँदै वर्गहरुतिर फर्कने, आफ्नो राजनीतिक विचार र मुद्दातिर फर्कने म यो मञ्चबाट औपचारिकताका लागि भनिराखेको छैन । हामीले गणतन्त्रमा गरेका कमजोरीहरुलाई सच्याएर यो लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्नको लागि हामी एउटा नयाँ आन्दोलन र क्रान्तीद्धारा अहिले देखिएका अन्यौल र समस्याहरुको समाधान गर्न चाहन्छौं । ’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न चेतावनी दिएका छन् । नेपाललाई २४० वर्षसम्म संसारको सबैभन्दा गरिब देश बनाउनेहरुलाई नेपाली जनताले छुट नदिने समेत उनको दाबी छ ।


प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?