Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

प्रतिपक्षीले संसद अवरुद्ध पारेर मुलुकलाई कानून विहिनतामा धकेल्न खोज्योः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरुले प्रतिस्थापन विधेयक पास हुन नदिनको लागि सदन अवरुद्ध पारेको बताएका छन् ।

बिहीवार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताउदै उनले  सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरु यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने बताए ।  प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानूनविहिनतामा अगाडि बढ्ने उनको तर्क छ । उनले विद्युत प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंशा गरिएको समेत बताएका छन्  ।

उनले भने, ‘ननइस्युलई इस्यु बनाएर संसद चल्न नदिनु । अध्यादेशहरु यो १८ गतेभित्र राष्ट्रपतिबाट हस्ताक्षर भएनन् भने त्यो असफल हुन्छ । फेरि कानूनविहिनतामा देश पस्छ । यो दुई महिनामा हामीले कानून अगाडि बढाइसकेका थियौं । फेरि कानून बिहिनतामा देश पस्छ भन्ने कुरा बुझिकन अदालतालाई दवाव दिनका लागि एउटा कर्मचारीका पक्षमा के के न अन्याय भयो भनेर झुटो प्रशंसा र झुटो गाली गर्ने काम गरियो । गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंसा गरियो । उहाँको बारेमा के गफ हुन यस्तो त उपन्यास पनि हुँदैन ।’  

प्रतिपक्षी दलहरुले जानी जानी मुलुकलाई कानूनहरुबाट भ्याकुममा राख्ने काम गरिएको उनको टिप्पणी छ ।


प्रकाशित मिति: १४ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?