Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेः महासचिव पोखरेल


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उनले तत्कालीन माओवादीले शहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरुको अहिलेको बाटो त्यस्तै भएको जिकिर गरेका छन् । उनले राजावादीहरुले अगाडि सारेको पश्चगामी मुद्दाहरु सफल हुन नसक्ने बताए। आगामी दिनहरुमा राजावादीहरु अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उनले त्यस्ता गतिविधिमा लाग्नेहरुलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गरेका छन् ।

उनले भने, ‘जसरी विगतमा माओवादीहरुले शहरी विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए, आज राजावादीहरु त्यसैगरी सपना देख्दै छन् । देशभरीका आफ्ना समर्थकहरुलाई भेला गरेर उनीहरु भन्दैछन् जनता त अब राजसंस्थाको पुनःस्थापनाको पक्षमा छन् भन्ने खालको दाबी गरिरहेका छन् । उनीहरुले जुन प्रकारको बाटो अवलम्वन गरेका छन् त्यो बाटो हिजो माओवादी केन्द्रले अविलम्बन गरेको बाटो नै हो, जसलाई हामीले असफल बनाएका थियौँ, राजावादीहरु त्यही बाटो अविलम्बन गर्दैछन् । त्यो पनि पश्चगामी एजेण्डाका साथ, त्यो बाटो सफल हुन सक्दैन भन्ने कुराको सच्याइलाई तपाई हामी सबैले बुझ्नु जरुरी छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु । त्यसअर्थमा, स्वभाविक रुपले अबका दिनहरुमा राजावादीहरुका अवाञ्छित क्रियाकलापहरुलाई कानूनको सीमाभित्र, वैधानिकताको सीमाभित्र आउनका लागि बाध्य पार्ने तरिकाहरु अविलम्बन गर्नुपर्छ भन्ने मलाई लाग्छ । अराजकताका विरुद्धमा पार्टी र लोकतन्त्रको रक्षाका लागि, गणतन्त्रको रक्षाका लागि फेरि युवाहरु एकपटक जुरमुराएर तात्नु पर्ने अवस्था छ भन्ने कुरा राख्न चाहन्छु र त्यही उद्देश्यका साथ स्वंसेवकहरुको राष्ट्रिय भेला भएको कुरा तपाईहरुबीच राख्न चाहन्छु ।’

महासचिव पोखरेलले विगतमा माओवादीको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन एमालेले मूख्य भुमिका खेलेको जिकिर गरेका छन् । उनले राजसंस्था पुनःस्थापना गर्ने राजावादीहरुको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?