Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

प्रतिपक्षी दलहरुलाई प्रधानमन्त्रीको जवाफः ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको बताएका छन् ।

बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताए । उनले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताए । उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको बताएका छन् । तपाईंहरुले भनेको मान्ने कर्मचारीहरु राखिदिनुपर्ने हो ? भन्दै प्रश्न गरे । सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उनको प्रश्न छ । देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरु अहिले बिरोध गरिरहेको उनको आरोप छ । १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानून प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई शान्ति चाहिएको छ । देशमा हामी शान्ति चाहन्छौँ । दिनैपिच्छेका उपद्रो होइन । अनेक प्रकारका शक्तिहरु छन् । सरकारले एउटा कर्मचारी निकाल्यो अरे । ठूलो घाटा परेछ कसैलाई छाति पिटिपिट कन रोएका छन् । एउटा कर्मचारीलाई कारबाही गर्यो  अरे सरकारले । त्यसको विधि अर्को होला नि संसद बन्द गरेको छ । प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्यो रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो सिद्धियो नि त । कहाँ पाल्र्यामेण्टमा जवाफ दिने । थाहा पाइएन । एउटा हटायो, अर्को नियुक्त गर्यो । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी ? वाह । कोको भन्नुहुन्छ, उहाँहरुले त्यो त्यो कर्मचारी केके भनेर चलाउनुहुन्छ, त्यसरी चलिदिने कर्मचारी राखिदिनुपर्ने ? सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने । कोको छन् त्यस्तो राखिदिनुपर्ने । अनुशासनहिनता, अराजकता, राष्ट्रिय घाटा, सबै सहनुपर्ने । उहाँहरु केके न इस्यु पायौँ भनेर बोकेर हिँड्ने । त्यो हामीले बुझेका छौँ । उहाँहरु देशलाई एक पाइला अघि बढ्न दिन चाहनु हुन्न । कानून पास गर्न नदिन कोशिस गरिरहनुभएको छ । त्यसका बिरुद्ध एउटा बहाना संसद अवरुद्ध गर्ने । सबैलाई थाहा छ, १८ गते भित्र अध्यादेशलाई बिस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित भएनन् भने कानून बन्दैन, फेरि अर्को विधेयकका रुपमा जानुपर्ला । त्यो हुन नदिन काम गर्न नदिनका लागि, विधेयक पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ । हामीले बुझेका छौँ । सुकुम्वासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि सबै यो काम उहाँहरुले गरिरहनुभएको छ । हामीले बुझेका छौँ ।’

नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै पार्टीको लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको बताएका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?