Trending
>>   गणतन्त्र र लोकतन्त्रवादीहरुको निष्ठा  र आचरणमा कमी आएकाले प्रतिगामी शक्तिको मनोबल बढ्यो : चित्रबहादुर केसी >>   राजतन्त्रले शिर उठाउन खोज्नु मसानघाटबाट मुर्दालाई ब्युँताउने कोशिस गर्नुजस्तै होः उपपधानमन्त्री पौडेल >>   प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैनः सांसद रघुजी पन्त >>   विश्वप्रकाश शर्माको प्रश्नः नागरिकले कस्तो राजा खोजेको ? >>   राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो >>   राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो (तस्बिरहरु) >>   तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग >>   अत्याधुनिक प्रविधिद्वारा अघि बढेको जडीबुटी कम्पनी राजवादीको निशानामा >>   संसद अवरुद्ध गरेर प्रतिपक्षी संसद सञ्चालनको विरुद्धमा गयोः रामहरि खतिवडा >>   प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको सांसद सापकोटाको आरोप
Logo
१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको प्रयास जारी


इटहरी। इटहरीको सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको काम भइरहेको छ ।

आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ । प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको हो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित रहेको छ । आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका थिए ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?