Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजियोः गृहमन्त्री


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन् ।

जुद्ध वारुण यन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको अवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताए । उनले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको बताएका छन् । उनले जनताको अवाज कुल्चिएर लोकतन्त्र समाप्त पार्ने राजतन्त्र ठिक कि जनताको अवाज सुन्ने गणतन्त्र ठिक भन्दै प्रश्न गरे । लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिले समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ । लोकतन्त्रले केही गर्न सकेन । गणतन्त्रले केही गर्न सकेन । यसको विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्ने कोसिस भैरहेको छ । यो अत्यन्त गलत कुरा हो । लोकतन्त्रले सञ्चारको कुरा सुन्छ,गणतन्त्रले जनताको कुरा सुन्छ । गणतन्त्रले लोकतन्त्रले जनताका आवश्यकता सुन्दो रहेछ, बुझ्दो रहेछ । अब त्यसैलाई अर्को पाटोमा हेर्नुस त । एक पटक केही वर्ष पहिला तत्कालिन राजाले कू गर्नुभएको थियो । लोकतन्त्रलाई समाप्त गरेर आफ्नो साशन लागू गर्नुभएको थियो । तपाईहरु कतिजनालाई सम्झना छ ? सबैभन्दा पहिला राजाले कू गर्दा नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मी सबैभन्दा पहिला सञ्चारमाध्यमका अफिसमा गएका थिए । सम्झना छ ? एउटा आवाजले जनताका आवाज कुल्चिन्छ । एउटा आवाजले सञ्चारको अवाज कुल्चिन्छ । पत्रकारको आवाज कुल्चिन्छ । त्यो व्यवस्था भनेको राजाको व्यवस्था हो । लोकतन्त्रले जनताको आवाज सुन्छ, पत्रकारिताको अवाज सुन्छ । राजतन्त्र उचित व्यवस्था हो कि गणतन्त्र उचित व्यवस्था हो ? मैले भन्नै परेन नि ।’

वारुण यन्त्रको सेवा तीन रोपनी सात आना जग्गामा पाँच करोड ७६ लाख ९८ हजार लागतमा निर्मित नयाँ भवनबाट शुरु भएको छ । नवनिर्मित भवन २०८१ कातिक १ गते कार्यालयलाई हस्तान्रण गरिएको थियो । ३२ जनाको दरबन्दी रहेको कार्यालयमा हाल १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हललदार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सह लेखापाल र तीन जना कार्यालय सहयोगी रहेको जनाइएको छ ।


प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?