Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्योः सांसद बाँस्कोटा


सरकारमाथि बास्कोटाको हमला: “अब जनताले बहाना मान्दैनन्”

काठमाडौँ। नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनी राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् ।

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भएपनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यंग्य गरेका छन् । उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरु शुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए । केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न आग्रह गरेका छन् ।

सांसद बाँस्कोटाले भने, ‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट शुरु हुन्छ । मन्त्रीज्युको चित्त दुःख्यो अरे मैले कुरा उठाएँ भनेर । यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म । अरनीको हाइवे हो । २०२६ सालमा बनेको र यो अहिले केरुङ पट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटा मात्रै मार्ग हो । २२ अर्ब राजश्व सरकारले तोकेको छ, तातोपानी भन्सार । केही पनि हिँड्दैन त कहाँबाट आउँछ ? उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नशा पनि फुल्यो, अब ०८४, ०८४ भनेका छन् । अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो ।’

अरनी राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?