जनकपुर । नेपाली कांग्रेस मधेश प्रदेश प्रथम प्रदेश सम्मेलनमा धनुषा जनकपुरमा सुरू भएकाे छ । प्रदेश सम्मेलनमा शेखर कोइराला भने सहभागी छैनन् । प्रदेश सम्मेलनमा शेखर कोइरालालाई दोस्रो वरीयता मागेकाे थियाे । सभापतिपछिको दोस्रो वरीयता नदिएकाले कोइराला निकटले हिजाे प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।
काठमाडौ । मन्त्रिपरिषदको बैठक आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बस्ने भएको छ। आजको नियमित बैठक त्यही हलमा बसिरहेको छ। फोटो: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको प्राणप्रतिष्ठा गरिएको छ । मंगलबार बैद्धिक विधि अनुसार काठमाडौं महानगरपालिका वडा नम्वर ७ पनेकुमा उपमन्येश्वर महादेवको मुर्तिमा स्थापना र प्राणप्रतिष्ठा गरिएको हो । स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मुर्ति बनारसबाट तयार गरेर ल्याइएको थियो । यस क्षेत्रमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् ।
काठमाडाैं । आज छैटौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्याली निकालेको थियो। २०१९ देखि पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो।
काठमाडाैं । नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीको घर आठराई, तेह्रथुममा रहृेकाे जन्मघरमा रमाँउदै एमाले नेताहरू । रित्तो जन्मघरबाहेक पनि ओलीका झापा र भक्तपुरको बालकोटमा घर छन् । १२ वर्षको उमेरमा तेह्रथुमबाट झापा झरेका ओली अहिले भक्तपुर बालकोट निवासी बनिसकेका छन् । झापामा उनको पैतृक सम्पत्ति मात्र छ ।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास हस्तान्तरण गरेर फर्केका छन् ।उनले पटक पटक गरी १० दिन बसेर निरन्तर आफूसमेत खटिएर ५० टहरा बनाइ पीडित परिवारलाई हस्तारण गरेर फर्किएका हुन् । पार्टीले खटाएको आठबिसकोटमा पुगेर उनले विभिन्न वडामा ५०
काठमाडाैं। ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडाैंमा र्याली निकालिएको छ । आज बिहान काठमाडाैंको भृकुटीमण्डपमा मानव अधिकार र्याली निकालिएको हो । उक्त राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासङ्घ नेपाल लगायतका सङ्घसस्ताहरू र्यालीमा सहभागी भएका छन् । सो र्याली भृकुटीमण्डपबाट सुरु भई शान्ति बाटिकामा सम्पन्न भएको छ । त्यसैगरी,
रुकुम । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकाेटी र नैनिसंह महर भूकम्पपिडितहरुलाई अस्थायी टहरा बनाँउदैछन । उनीहरू प्रभावित क्षेत्रमा नै छन । शिवाकाेटीका अनुसारआठबिसकोटमा १५ अस्थायी आवास(टहरा) बनाएर भूकम्पपिडितहरुलाई हस्तान्तरण गरीएकाे छ । 'हामी टहरा बनाउने अभियानमा निरन्तर छौं। हाम्रो यस अभियानमा नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय कार्यसमितिका साथीहरु, इनास
युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले The mountains: Who saves us from the climate crisis ? बिसयको High level Roundtable Meeting मा आफ्नो सम्बोधन सहित अध्यक्षता गर्नु भएको छ। नेपालले जलवायु