Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हराएका सम्पदा खाेज्न बालेनकाे डाेजर (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ । यस क्रममा नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ ।

वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘सामाजिक परम्परा, पुराना तस्विर, पाका मानिसहरुको स्मृति, लिखित प्रमाणजस्ता विभिन्न स्रोतका आधारमा पुनरुत्थान थालेका हौँ । प्राचीन महत्वका यस्ता संरचना पुनरुत्थान गरेर मात्र काठमाडौँ सांस्कृतिक सहर हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘नासिएका, हराएका, मेटिएका मौलिक सम्पत्ति जोगाएर मेरो भनेर गर्व सक्ने अवस्था बनाउने दृढता लिएर काम गरिरहेका छौँ ।’

अभियानको पहिलो चरणमा पशुपति क्षेत्रको बाहिरी भागमा भएका यस्ता संरचनाको खोजी भइरहेको छ । यसपछि क्रमशः पशुपतिको भित्री भागबाट हराएका संस्कृति र संरचना खोज्दै जानेछौँ । उहाँले योजना सुनाउनुभयो । वडाले नवाली टोलमा सार्वजनिक जग्गामा बनेको घर भत्काइसकेको छ । करिब २ आना क्षेत्रफलमा बनेको घर १ तलाको थियो । घर भत्काउनु अघि कसैको हकदावी भए प्रमाण लिएर आउन २४ घण्टे सूचना दिइएको थियो । त्यस घरमा बस्ने एक जना वृद्धाको मृत्यु भएपछि त्यसको हकदावी गर्न कोही आएनन् । यसपछि महानगर प्रहरी बल परिचालन गरेर अनधिकृत संरचना भत्काइएको हो ।


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?