Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

हराएका सम्पदा खाेज्न बालेनकाे डाेजर (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ । यस क्रममा नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ ।

वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘सामाजिक परम्परा, पुराना तस्विर, पाका मानिसहरुको स्मृति, लिखित प्रमाणजस्ता विभिन्न स्रोतका आधारमा पुनरुत्थान थालेका हौँ । प्राचीन महत्वका यस्ता संरचना पुनरुत्थान गरेर मात्र काठमाडौँ सांस्कृतिक सहर हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘नासिएका, हराएका, मेटिएका मौलिक सम्पत्ति जोगाएर मेरो भनेर गर्व सक्ने अवस्था बनाउने दृढता लिएर काम गरिरहेका छौँ ।’

अभियानको पहिलो चरणमा पशुपति क्षेत्रको बाहिरी भागमा भएका यस्ता संरचनाको खोजी भइरहेको छ । यसपछि क्रमशः पशुपतिको भित्री भागबाट हराएका संस्कृति र संरचना खोज्दै जानेछौँ । उहाँले योजना सुनाउनुभयो । वडाले नवाली टोलमा सार्वजनिक जग्गामा बनेको घर भत्काइसकेको छ । करिब २ आना क्षेत्रफलमा बनेको घर १ तलाको थियो । घर भत्काउनु अघि कसैको हकदावी भए प्रमाण लिएर आउन २४ घण्टे सूचना दिइएको थियो । त्यस घरमा बस्ने एक जना वृद्धाको मृत्यु भएपछि त्यसको हकदावी गर्न कोही आएनन् । यसपछि महानगर प्रहरी बल परिचालन गरेर अनधिकृत संरचना भत्काइएको हो ।


प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?