काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘वागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ काठमाडौंमा शुरु भएको छ । यो प्रदर्शनी अन्य प्रदेशहरूमा सम्पन्न भएपछि वागमती प्रदेशको लागि अन्तिम चरणमा आयोजना गरिएको हो । प्रदर्शनीमा वागमती प्रदेशका सयौं कलाकारहरूका चित्रकला, मूर्तिकला, परम्परागत कला, समकालीन सिर्जना, हस्तकला तथा अन्य बहुआयामिक कलाकृतिहरू समावेश गरिएका छन्
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता
काठमाडौँ । नेपालमा २००७ सालको ऐतिहासिक क्रान्तिले राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस यस वर्ष पनि उत्साहपूर्ण रूपमा मनाइएको छ । यो दिवसले नेपाली जनताको लामो संघर्ष र बलिदानको स्मरण गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको सन्देश प्रवाह गरेको छ । दिवसको अवसरमा
काठमाडौं। काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरू विरोधमा उत्रिएका छन् । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बिहीवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेको हो । सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर,
काठमाडौँ। गुरुङ समुदायको महान पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी काठमाडौंको टुँडिखेलमा हजारौं गुरुङ समुदायका व्यक्तिहरू परम्परागत भेषभूषामा सजिएर जम्मा भई सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी नयाँ वर्षको स्वागत गरेका छन् । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’
काठमाडौँ। जेन—जी विद्रोहका मागहरु पुरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेन—जी पुस्ता समूहले मंगलवार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन् । सरकारले जेन—जी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेन—जी अगुवा मिराज ढुंगाना लगायतलाई
काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया शुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो । भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि हजारौँ
लुम्बिनी। गौतम बुद्धको जन्मस्थल लुम्बिनी अहिले आफ्नो परम शान्ति र प्राकृतिक सुन्दरताको उत्कर्षमा छ । जाडोको मधुर मौसममा यहाँको पवित्र बगैंचा हरियालीले ढाकिएको छ । जहाँ मायादेवी मन्दिरको सेतो संरचना शान्त पोखरीको किनारमा झल्किरहेको देखिन्छ । अनन्त शान्तिको ज्वाला निरन्तर बलिरहेको छ । जसले वरपरको वातावरणलाई झन् रहस्यमय र आध्यात्मिक
हेटौँडा। हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी गरेको छ । यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँतर्फ ५० मिटर र बायाँतर्फ २५ मिटरभित्र पर्ने संरचना हटाइने भएको छ । विशेष के छ भने यो मापदण्डभित्र २०३१ सालमा नै सडक मुआब्जा लिएर बनेका घरहरू पनि पर्नेछन् ।
लुम्बिनी। लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका