Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

अखिल क्रान्तिकारीको सडक बिरोध: विद्यार्थीहरूले सडकमै खाना पकाएर खाए(तस्बिरसहित)


अखिल क्रान्तिकारीको सडक बिरोध: विद्यार्थीहरूले सडकमै खाना पकाएर खाए

काठमाडौं । सरकारले ग्यास अभावको समस्या समाधानका लागि पहल नगरेको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा दाउरामा खाना पकाएका छन् ।

बजारमा ग्यास अभावको समस्याको समाधानका लागि सरकारमाथि दबाब बढाउन अखिल (क्रान्तीकारी)मा आबद्ध विद्यार्थीहरुले क्याम्पस गेटमा दाउराको चुल्होमा खाना पकाएर खाएका हुन् । विद्यार्थी नेता निरज श्रेष्ठले सरकारले ग्यास आपूर्तिको लागि पहल नगरेको कारण दुई हप्तादेखि घरमा खाना पकाउन नसकेको बताएका छन् । उनले सरकारले ग्यास नभए खानाको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । उनले सरकार नागरिक र व्यापारी दुवैसँग दमनकारी व्यवहार गरिरहेको आरोप पनि लगाएका छन् । उनले व्यापारीहरुसँग प्रभावकारी सनमन्वय गरेर सरकारले नागरिकलाई ग्यास वितरण गर्नुपर्ने बताउदै उनले बजारमा भइरहेको कालोबजारी रोक्नुपर्नेमा समेत जोड दिएका छन् ।

उनले भने, ‘घरमा खान नखाएको धेरै दिन भैसक्यो । आज यहाँ कलेज बाहिर खाना खान पाइरहेका छौँ । बाहिर ग्यास नपाएपछि हिजो सिंहदरबार गएका थियौँ । ग्यास दिएनन्, प्रहरीले लाठी चार्ज दिए, घाइते बनाएका छन् । सरकारलाई लाठी हान्ने काम नगरी कि त खानाको व्यवस्था गर नभए ग्यास सिलिन्डरको व्यवस्था गर भन्न चाहान्छु । ग्यास कतै पाइएको छैन । सरकार दमनकारी बनेर अघि बढिरहेको छ । व्यापारीसँग समन्वय र सहजीकरण गर्नुपर्ने ठाउँमा उनीहरुलाई पनि डर र धम्कीको भाषा बोलिरहेको छ । सरकारले अनुगमन गरेर कालोबजारी गरिरहेको छ भने त्यस्ता व्यापारीलाई कानूनी कारबाही गर्नुपर्छ । ग्यासको सहज उपलब्धताको माग गर्दै अखिल क्रान्तीकारीले आज देशभरका क्याम्पसहरुमा शान्तीपूर्ण ढंगले आन्दोलनका कार्यक्रम गरिरहेका छौँ ।’

रसुवाको भोटेकोशीमा आएको बाढीपछि आपूर्ती प्रणाली प्रभावित भएको कारण काठमाडौं उपत्यकामा ग्यास अभाव भएको हो ।


प्रकाशित मिति: २५ भाद्र २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?