काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरूङले नवनियुक्त आईजीपी केसीलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् । आजै दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहेका एआईजी केसीलाई प्रहरी महानिरीक्षक
काठमाडौं।न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ । हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका हुन् । प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङको माध्यमबाट न्याय किनबेच भइरहेको
काठमाडौँ । काठमाडौंको हाँडीगाउँमा ‘कहीँ नभएको जात्रा’का रूपमा परिचित चोक्टे नारायणको जात्रा मनाइएको छ । उल्टो खटमा देवता राखेर नगर परिक्रमा गराइने यस जात्राले हाँडीगाउँको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई प्रतिबिम्बित गर्छ । जात्राको प्रमुख विशेषता अन्य जात्राभन्दा फरक शैलीमा खट यात्रा गराउनु हो । सामान्यतया खटको गजुर माथि
काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडवाडको समयमा हुनसक्ने कालोबजारी, म्याद सकिएका वस्तुको बिक्री र मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले महानगरको टोलीले बिहीबार सामाखुशी लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्ने
काठमाडौं । पोखरा महानगरपालिकाले फेवातालको सुन्दरता र वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्यसहित फिर्के खोलाको अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ । असोज १५ गतेबाट शुरु गरिएको अभियान अन्तर्गत हालसम्म खोलाको मापदण्ड मिचेर निर्माण गरिएका २६ वटा पक्की संरचनाहरूमा महानगरले डोजर चलाएको हो । महानगरपालिकाले केवल अवैध संरचना हटाउने कार्यमा मात्र
काठमाडौँ । जलवायु परिवर्तनको असरले आक्रान्त पीडितहरूले सरकारले निर्माण गरिरहेको नयाँ जलवायु नीतिमा ‘जलवायु न्याय’लाई प्राथमिकता दिन माग गरेका छन् । कार्बन उत्सर्जनमा नेपालको भुमिका शुन्यप्रायः रहे पनि जलवायु प्रकोपका कारण भोटेकोशी लगायतका क्षेत्रमा भोग्नुपरेको अपूरणीय क्षतिविरुद्ध उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग उत्तरदायित्व र क्षतिपूर्तिको आवाज उठाएका हुन् । नेपालमा बढ्दो जलवायु
काठमाडौँ। काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। जात्राको अन्तिम दिन वसन्तपुरबाट सुरु भएको रथयात्रा नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्याइएको थियो।
काठमाडौ।काठमाडौका प्राचीन इँटाले बनेका गल्लीहरूमा जब धीमे बाजाको ‘घिं तां तां घिं’ तालको गति बढ्दै गयो, तब हजारौँको भीड एकैपटक चिच्यायो– ‘लाखे आयो, लाखे आयो’ । रातो कपाल फिँजाएर, आँखा तरेर र हातमा रङ्गीबिरङ्गी पखेटा फैलाएर जब माजिपा लाखे आजु अगाडि बढे, सडकको चिसो ढुङ्गामा तातो कम्पन छुट्यो । सँगै
काठमाडौ। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा पर्व हनुमानढोका दरबार परिसरमा विधिवत रुपमा इन्द्रध्वजा (लिङ्गो) ठड्याएसँगै औपचारिक रुपमा शुरु भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइतअनुसार बुधवार लिङ्गो ठड्याइएको हो । इन्द्रध्वजोत्थानको विशेष समारोहमा नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मले तोप पड्काएर र बन्दुकको सलामी अर्पण गर्दै
काठमाडौं । सरकारले ग्यास अभावको समस्या समाधानका लागि पहल नगरेको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा दाउरामा खाना पकाएका छन् । बजारमा ग्यास अभावको समस्याको समाधानका लागि सरकारमाथि दबाब बढाउन अखिल (क्रान्तीकारी)मा आबद्ध विद्यार्थीहरुले क्याम्पस गेटमा दाउराको चुल्होमा खाना पकाएर खाएका हुन् । विद्यार्थी नेता निरज श्रेष्ठले सरकारले ग्यास