काठमाडौँ। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिवन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिवन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ
काठमाडौँ। संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो
काठमाडौं। काठमाडौं उपत्यकामा विधिवत रुपमा इन्द्रजात्रा शुरु भएको छ । बिहीवार विहान १०ः३१ बजे पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएसँगै काठमाडौंमा विधिवत रुपमा इन्द्र जात्राको प्रारम्भ भएको हो । भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने बताइएको छ
काठमाडौँ। प्रश्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो । संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा
काठमाडौँ। विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरुको विरोध प्रदर्शनका केहि झलकहरु।
काठमाडौँ। आर्थिक वर्ष २०८१/२०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसान आन्दोलनमा उत्रेका छन् । सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको छ । उक्त निर्णयको बिरोधमा किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।
काठमाडौं। आज देशभरका महिलाले हरितालिका तीज व्रत उत्साहपूर्वक मनाइरहेका छन्। हरितालिका तीजलाई विशेषगरी पवित्र व्रत, उपवास र शिव–पार्वतीको आराधना गर्ने दिनका रूपमा लिइन्छ। विवाहिता महिलाले श्रीमानको दीर्घायु र पारिवारिक सुख शान्तिका लागि व्रत बस्छन् भने अविवाहित युवतीहरूले आदर्श जीवनसाथीको प्राप्तिका लागि यो पर्व श्रद्धासाथ मनाउने गर्छन्। धार्मिक विश्वासअनुसार, देवी पार्वतीले
काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तिब्रता दिएको छ । बिहीवार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो । स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ । महानगरपालिकाले यसअघि पनि अवैधानिक रुपमा
काठमाडौँ। साउन महिनाको अन्तिम सोमबारको अवसरमा सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको ठूलो भीड लागेको छ। हिन्दू धर्ममा भगवान शिवलाई समर्पित साउन महिनामा पर्ने अन्तिम सोमबारलाई विशेष पवित्र मानिन्छ। भक्तजनले बेलपत्र, गंगा जल, दूध र धतुरासहित भगवान शिवको दर्शन गरी स्वास्थ्य, समृद्धि र मनोकामना पूर्तिको कामना गरेका छन्।
नेपाल जेसीजको आयोजनामा नेपालमा पहिलोपटक जेसीआई दक्षिण एशियाली व्यवसाय तथा लगानी सम्मेलन आयोजना हुने भएको छ । नेपाल जेसिजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । आयोजकका अनुसार उक्त सम्मेलन यही साउन १८ गते काठमाडौंको ठमेलस्थित होटल एलोफ्टमा हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै सम्मेलनका मिडिया संयोजक रोशन