Trending
>>   शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ >>   प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेः (नावाकाद) नाम मात्रैको कम्युनिष्ट >>   वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेः प्रधानमन्त्री ओली >>   प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलियाको पहुँच छ भनेर प्रमाणित गर्न गगनलाई ओलीको चुनौती >>   लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत >>   आन्दोलनरत शिक्षकहरूको माग तत्काल पूरा गरियोस्ः नारायणकाजी श्रेष्ठ >>   अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको छः कामु गभर्नर ढुङ्गाना >>   शिक्षक–प्रहरीबीचको झडपमा पत्रकार कार्की घाइते, तिलगंगा आँखा अस्पतालमा उपचार हुँदै >>   उत्तर भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु >>   चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे
Logo
१४ बैशाख २०८२, आईतवार
१४ बैशाख २०८२, आईतवार

खेलकुद


कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ । सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले लिग चरणमा चार–चार खेल खेल्ने छन् ।

एपिएफलाई हराउँदै वालिङ निलो फाइनलमा

स्याङ्जाको वालिङ खेलमैदानमा आज सम्पन्न खेलमा एपिएफलाई हराउँदै आयोजक वालिङ युनाईटेड निलो फाईनल प्रवेश गरेको छ । एपिएफ काठमाडौंलाई १–० गोलले पराजित गर्दै वालिङ निलो फाईनल प्रवेश गरेको हो । वालिङ युनाईटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकपको आजको खेलमा जर्सी नं. १८ का अजय मार्टिन्सको गोलमा वालिङ निलो

राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिसको जित

सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

बैतडीमा नेपाल–इन्डो क्रिकेट आजदेखि

यहाँ आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी–२० क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई रु २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा

नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका

कञ्चनपुर, २७ पुस (रासस) : शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ । “पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु”, उहाँले भन्नुभयो,

नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३

भलिबल : पुलिस र आर्मीको जित

सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो

आहा राराको उपाधि भीडन्त आज

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि सङ्कटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः३० बजेदेखि पोखरा रङ्शालामा सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल

नेपाल टि ट्वान्टी लिगः जनकपुरले पोखरालाई हरायो

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । नौ खेलमध्ये छ मा जित तथा

प्रधानमन्त्री कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिङ्की बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा

सम्वन्धित समाचारहरु