Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

एसिसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा


१५ चैत्र, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोलीे घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

सो प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । छनोट हुने प्रारम्भिक नेपाली टोलीको सदस्यमा सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दिप जोरा छन् ।
त्यसैगरी सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, करण केसी र देव खनाल रहेका छन् । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विभिन्न १० राष्ट्रले सहभागिता जनाएमकामा ती राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित साउदी अरेबिया, मलेसिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा कुवेत, बहराइन, सिङ्गापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।

उक्त प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यसैगरी शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ । नेपालले आगामी वैशाख ५ गते मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?