Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

खेलाडीद्वय राजवंशी र कँडेल सम्मानित


१७ चैत ,मोरङ । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

विराटनगरस्थित सहिद रङ्शालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवैजनालाई जनही रु एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उनीहरुलाई सम्मान गरेका हुन्‌ ।

सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताए ।

महानगरपालिका प्रमुख कोइरालाले खेलको माध्यमबाट विश्वमा मुलुकको नाम राख्न सकिन्छ भन्ने कुरा क्रिकेट खेलाडीले देखाएको उल्लेख गरे ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?